टाइब्रेकरमा स्पेन स्तब्ध, इटाली युरोकपको फाइनलमा

काठमाडौं /टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटालीले युरोकप फुटबलको फाइनलमा स्थान बनाएको छ । स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएसँगै सो टीम सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो ।
यता इटालीबाट म्यानुअल लोकाटेल्लीबाहेक अन्य सबै चार खेलाडीले टाइब्रेकरमा गोल गरे ।
यसअघि निर्धारित र अतिरिक्त समयमा दुबै टोलीबीच एक–एक गोलको बराबरी भएको थियो । लण्डनस्थित बिम्बली रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा इटालीलाई फेडरिको चिसाले खेलको ६० मिनेटमा अग्रता दिलाएका थिए भने ८० मिनेटमा अल्भारो मोराटाले स्पेनबाट बराबरी गोल फर्काएका थिए ।

१९६८ को युरो विजेता इटाली पछिल्लोपटक २०१२ को युरोकपमा फाइनलमा पुगेको थियो । त्यस, प्रतियोगितामा स्पेनले नै इटालीलाई ४–० ले हराएको थियो । अब, फाइनलमा इटालीले डेनमार्क र इङल्यान्डबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

इटालीको अपराजित खेल संख्या ३३ पुग्यो

यसैबीच अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अपराजित यात्रा ३३ खेलसम्म लम्बिएको छ । सेप्टेम्बर २०१८ यता इटाली अपराजित छ । उसले पछिल्ला २८ खेल जितेको छ भने ५ खेलमा बराबरी खेलेको छ ।

इटालीको टोली १९३० को दशकको मध्यतिर पनि ३१ खेलसम्म अपराजित थियो । त्यतिबेला उसले विश्वकप र ओलम्पिक खेलकुदमा स्वर्ण जित्यो । जारी युरोकपमा अहिलेको टोलीले बेल्जियमविरुद्धको खेलमा ३२ औं जीत दर्ता गर्दैै उक्त किर्तिमान भंग गरेको थियो ।

अन्तर्राष्ट्रिय फुटबलमा इटालीबाहेक ब्राजिल र स्पेनले मात्रै यति लामो अपराजित यात्रा गर्न सकेका छन् । ब्राजिल ९० को दशकमा तथा स्पेन २००७ देखि २००९ सम्मका अवधिमा ३५ खेलसम्म अपराजित थिए ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’