बचाउँन गुहार्दा गुहार्दै गयो सुजिताको प्राण-‘सुजिताले निर्मलाको नियति भोग्न नपरोस्’

चितवन । असार ११ गते एकाबिहानै सुजिता ‘भेटघाटका लागि साथीको जान्छु’ भन्दै घरबाट निस्किइन् । फर्केर तरकारी ल्याउने भन्दै निस्किएकी सुजिता निकैबेरसम्म घर आइनन् ।

 

दिउँसोको १२ बजेसम्म घर नफर्किएपछि सुजिताको खोजी भयो । साथीको गएको र उतै खाना खाएर बसेको हुनसक्ने अनुमान भएकाले त्यतिन्जेल परिवारका सदस्यले सुजिताको खोजी गरेनन् ।

त्योबीचमा आमा अम्बिकाको मोबाइलमा सुजिताले ५–६ पटक नै फोन गरेकी रहिछन् । अम्बिका रोपाइँको तयारीका लागि खेतमा गएकी थिइन् ।

दिदी कविताले आमाको मोबाइल हेरेपछि सुजिताले पटक–पटक फोन गरेको थाहा पाइन् र कलब्याक गरिन् । फोन उठ्यो । कुनै गाडीभित्र बसेका तीनचार जना मान्छेले कसैलाई सौराहाको लोकेशन सोधे । अनि, कविताले सुनिन्, ‘बँचाउनुस्’ भन्दै चिच्याइरहेकी सुजिताको आवाज ।

कविता डराइन् । उनले सहजै अनुमान गरिन् कि बहिनीलाई कसैले अपहरण गर्यो । त्यसलगत्तै उनले प्रहरीमा खबर गरिन् । तर प्रहरीले राम्रो रेस्पोन्स गरेन । ‘अपहरणमा परेको मान्छेले फोन गर्दैन’ भन्दै प्रहरी पन्छन खोज्यो ।

निकै अनुरोधपछि प्रहरीले उजुरी लियो । उजुरीपछि सुजिताको मोबाइल लोकशन खोज्दा चितवनको कुमरोज जंगलतिर देखायो । तर प्रहरीले लोकेशन देखाएको ठाउँतिर खोज्नै मानेन । ‘हामीले जंगलतिर खोजी गरिदिन प्रहरीलाई निकै अनुरोध गर्यौं, तर मानेन’ अम्बिकाले निन्याउरो अनुहार पार्दै भनिन् ।

१० दिनसम्म बेपत्ता भएकी सुजिता भेटिने आश जिवितै थियो, परिवारजनमा । तर आइतबार गाउँभन्दा चार किलोमिटर परको जंगलमा सुजिताको शव भेटियो ।

साथीलाई भेटेर तरकारी लिन हिँडेकी २३ वर्षीया सुजिताको शव भेटिएसँगै परिवार र आफन्तसँगै गाउँ नै शोकाकुल भएको छ । आइतरबार जंगलमा च्याउ खोज्न गएका एक स्थानीयले चितवन राप्ती–३ प्रगतीपुरकी सुजिताको शव भेटेका हुन् ।

दिदी गीता वाग्लेसँग बस्दै आएकी उनी स्नातक तहको नतिजाको प्रतीक्षामा थिइन् । तर नतिजा आउनुभन्दा पहिल्यै उनको प्राण उड्यो ।

दोलखा चरिकोट लापिलाङबाट ०५४ सालतिर उनको परवार चितवन बसाई सरेको थियो । पढाईमा अब्बल सुजिताको मृत्युले परिवारसँगै उनका शिक्षक र संगीहरु पनि विक्षिप्त भएका छन् ।

कमजोर आर्थिकस्थितिका परिवारले खाइनखाइ छोरीलाई पढाएका थिए । तर, पढाइ सकिनै लाग्दा उनको हत्या भयो ।

सरल र शान्त स्वभावकी सुजिताको मृत्युलाई पत्याउनै नसकेको बताउँछन्, छिमेकी यतिन्द्र चौलागाइँ । परिवार, आफन्त, छिमेकी सबैले अहिले सुजिताको हत्यारा पत्ता लगाउँन हारगुहार गरिरहेका छन् ।

‘सुजितालाई नगुमाउनु थियो, गुमाइहाल्यौं’ सुजिताका आफन्त एवम् परिवार भन्छन्, ‘अब उनको हत्यारा पत्ता लगाएर कारवाही होस् । सुजिताको हत्या निर्मला पन्तको जस्तो सधैंका लागि रहस्यमयी नहाेओस् ।’नेपाल प्रेसबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’