पत्रकार महासंघको पर्वतको भवनमा ५ शैयाको आइसोलेसन, अक्सिजनको ब्यवस्था पनि गरिने

पर्वत : पर्वतमा पत्रकारहरूलाई कोरोना सङ्क्रमण भए उपचारका लागि पत्रकार महासंघ पर्वतको अगुवाइमा अक्सिजन सहितको आइसोलेसन वार्ड निर्माण गरिएको छ।

महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापाका अनुसार जिल्लामा कोरोना सङ्क्रमणको दर उच्च रहेको तथा पर्वत अस्पतालमा उपलब्ध रहेका बेडमासमेत बिरामी भरिएमा पत्रकारले उपचार नै नपाउने अवस्था आउन नदिन आइसोलेसन वार्ड निर्माण गरिएको हो।

उक्त आइसोलेसन महासङ्घको भवनमा रहेको एउटा कोठामा सुरुमा पाँच बेड क्षमतामा निर्माण गरिएको छ। सकेसम्म घरमै बसेर समाचार सङ्कलन गरिरहे पनि कतिपय अवस्थामा मैदानमा जानै पर्ने अवस्थामा पत्रकार उच्च जोखिममा रहने भएका कारण पत्रकारको लागि आइसोलेसन निर्माण गरिएको थापाले बताए।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग