उपत्यकाको निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्बियाे

काठमाडौं/ काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा बैशाख २९ गतेसम्म लम्बिने भएको छ।

मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो। तीनवटै जिल्ला प्रशासनको बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

उनका अनुसार बेलुका पाँच बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने खाद्यसामग्री पसल सञ्चालनमा रोक लगाइएको छ।

‘बिहान ९ बजेसम्ममात्र खाद्यसामग्री​का पसल खोल्न दिने निर्णय गरेका छौ,’उनले भने,‘अत्यवश्यक कामका लागि मात्र गाउँबाट उपत्यका छिर्न दिइने छ,बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइने छ,सरकारी सवारीसाधन पासबिना चलाउन नपाइने निर्णय भएको छ।’

उनले सडकमा अत्यवश्यक कामबाहेक हिँड्डुल गर्न पनि नदिइने बताए। यसअघि बैशाख १६ गते राति १२ बजेदेखि लगाइएको निषेधाज्ञा बुधबार सकिँदै थियाे।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग