खोप लगाएका कर्मचारी र स्वयंसेविकामा पनि संक्रमण

बागलुङ /बागलुङ र पर्वतमा सोमबार बिहानै थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धौलागिरि अस्पतालको आरटी पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ र पर्वतका चार स्थानीय तहका २६ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिकाका २० जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये केही कोरोनाको खोप लगाएका कर्मचारीसमेत छन्। जैमिनी नगरपालिकाका १ जना र काठेखोला गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका स्रोत व्यक्ति देव प्रकाश घिमिरेले बताए। कुश्मा नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ।

बागलुङमा संक्रमण पुष्टि हुनेहरुमा महिला स्वास्थ्य स्वयंसेविकासमेत छन्। सोमबारसम्म बागलुङमा सक्रिय संक्रमितको संख्या १ सय ३४ पुगेको छ।थाहाखबरबाट

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग