कोरोनाको नयाँ भेरिएन्टबाट पर्वतमा हालसम्म ६३ संक्रमीत, २ को मृत्यु


पर्वत । कोभिड १९ को नयाँ भेरिएन्टबाट पर्वतमा हालसम्म ६३ जना संक्रमीत भएका छन् । स्वास्थ्य कार्यालय पर्वतका अनुसार भाइरसबाट संक्रमीत हुनको संख्या ६३ पुगेको छ भने नयाँ भेरिएन्टबाट २ जनाको मुत्यू भएको छ ।

भाइरस परिक्षण अहिले जिल्ला भित्रै हुँदै आएको छ । स्वास्थ्य कार्यालयको सुचना अधिकृत प्रविन भण्डारीका अनुसार अहिले पालिकाहरुमा पनि कोरोनाको परिक्षण शुरु भएको छ ।

पैयू, महाशिला र फलेवासमा परिक्षण कार्य शुरु भएको छ भने कुश्मा मोदी र जलजला परिक्षण कार्य शुरु गर्दैछन् । एन्टिजिन मार्फत परिक्षण भएका १ सय ४५ मध्ये ५७ जनामा पोजेटिभ देखिएको र पिसिआर प्रविधि मार्फत गरिएको परिक्षणमा ६ जना संक्रमीत फेला परेको भण्डारीले जानकारी दिए ।

नयाँ भाइरसबाट दुई जना बृद्धाको मृत्यु समेत भएको छ । यस अघि कोभिड १९ भाइरसका कारण पर्वतमा ३ जनाको मृत्यु भएको थियो । योसगै कुल मृत्यु ५ पुगेको छ । नयाँ भाइरसबाट संक्रमीत हुनेमा २० देखि ५० बर्ष उमेर समूहका मानिस धेरै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग