सोमबार मध्यरातिदेखि आन्तरिक, बुधबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं/ सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार रातिदेखि आन्तरिक र बुधबार मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो।सबै खालका उडान हाललाई वैशाख मसान्तसम्म बन्द हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

यसबीचमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि भने अनुमति दिने निर्णय गरेको छ। यसअघि आइतबार नै आन्तरिक उडान कटौती गरिएको थियो।

सरकारले निशेधाज्ञा गरेसँगै सडक यातायात भने बन्द गर्ने निर्णय गरेको थियो। तर हवाइ यातायात खुल्ला गर्दा संक्रमणको जोखिम कायम रहेको भन्दै विरोध भइरहेको थियो।

सीसीएमसीले हवाई उडान पनि बन्द गर्न सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग