कोरोना रोकथामका लागि प्रभाबकारी प्रयास थाल्दै सरकार -देशैभर सात हजार शैया थप गर्ने तयारी

काठमाडौं / सरकारले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करिब सात हजार शैया थप गर्ने भएको छ।

तीमध्ये काठमाडौँ उपत्यकाका ६ अस्पतालमा आजैदेखि एक हजार शैया थप गरी सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप सात हजार शैया थप्न थालिएको जानकारी दिए।

केही दिनयता लक्षणसहित संक्रमित बढेपछि उपचारका लागि शैया पाउन समस्या भएको छ। उपत्यकाका सबै अस्पतालमा संक्रमितको उपचारका लागि शैया भरिएपछि थप व्यवस्थापन गर्न थालिएको हो।

आज मात्रै सात हजार २११ सङ्क्रमित भएको र २७ जनाको निधन भएको छ।

उनका अनुसार नेपाल प्रहरी अस्पतालमा ३५०, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय/सय तथा काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०/१५० शैया थप गरिनेछ।

ती अस्पतालमा शैया थप गर्न मन्त्रालयले यसअघि नै सम्झौता गरिसकेको थियो। सहप्रवक्ता डा अधिकारीले काठमाडाैं मेडिकल कलेज, नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा ४००/४०० दरका एक हजार २०० शैया चाँडै बन्ने बताए।

मनमोहन मेडिकल कलेजमा ३००, खरिपाटीमा २५०, पाटनस्थित मानसिक अस्पतालमा २५, पाटन अस्पतालमा ३५०, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा ५००/५०० र जनमैत्री अस्पतालमा १२० शैया बन्नेछन्। सम्झौतानुसार निजी अस्पतालले दुई हजार शैया बनाउने उनले बताए। अहिले मुलुकभर १८ हजार ९१७ शैया छन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग