कोरोना प्रभावित मजदुरलाई रोजगारीका बिशेष कार्यक्रम ल्याउनुपर्छ- अध्यक्ष तिमिल्सिना

काठमाण्डौ/ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोनाको समस्याबाट प्रभावित श्रमिक तथा मजदुरको उचित व्यवस्थापन तथा रोजगारीका लागि सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले शुभकामना दिदै राष्ट्र निर्माणमा महत्वपुर्ण भूमिका रहेका श्रमिकलाई बिशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको हो ।
शुभकामना सन्देशमा अध्यक्ष तिमिल्सिनाले श्रमिकको अधिकार रक्षाको माग गर्दै कोरोना संक्रमणको त्रासबाट बच्न सबैसँग आग्रह पनि गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले श्रमिक तथा मजदुर वर्ग कोरोनाको महामारीका सबैभन्दा बढी समस्यामा परेको भन्दै उनीहरुले अहिले महामारीको दोस्रो लहर तिब्र गतिमा बृद्धि भइरहेकाले लकाडाउन तथा निषेधाज्ञा जारी हुँदा देश विदेशमा काम गरिरहेका श्रमिक तथा मजदुरहरु बेरोजगार हुनुपर्ने अवस्था आएको बताएको बताउनुभएको छ । “श्रमिक तथा मजदुरहरु बेरोजगार हुनुपर्ने अवस्था आएकाले उनीहरुले आफ्नो दैनिक जिविकोपार्जनमा समेत कठिनाई भोग्नुपरेको छ । राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतीका लागि महत्वपूर्ण भूमिका रहेको श्रमिक तथा मजदुरको हक हितका लागि सरकार गम्भीर हुनुपर्दछ । त्यसकारण नेपाल सरकारले कोरोनाको समस्याबाट प्रभावित श्रमिक तथा मजदुरको उचित व्यवस्थापन तथा रोजगारीका लागि विशेष कार्यक्रम ल्याउनु पर्दछ,” अध्यक्ष तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो ।

अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो । विश्वका मजदुरले सो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग