कोरोनाको त्रासले सुनसान बन्दै कुस्मा बजार


सञ्जय रेग्मी, पर्वत / कोरोना कोरोना संक्रमणको दोस्रो लहर आएसँगै पर्वत सदरमुकाम कुस्मा बजार सुनसान बन्दै गएको छ। मुलुक विभिन्न ठाउँमा दैनिक रूपमा संक्रमण र मृत्यु हुनेको संख्या बढ्दै गएपछि बजार सुनसान बनेको हो।

संक्रमणको जोखिमका कारण कुस्मा नगरपालिकाले वैशाख १७ सम्म सबै शैक्षिक संस्थामा भौतिकरूपमा उपस्थित भएर पठनपाठन गर्न नपाउने निर्देशन दिएपछि अधिकांश अभिभावकहरू सन्तानलाई लिएर गाउँ फर्किएका छन्।

सदरमुकाममा ड्राइभिङ स्कुल सञ्चालन गर्दै आएका आरसी पौडेलले पछिल्ला केही दिनमा सिक्न आउनेमा ५० प्रतिशत कमी भएको बताए। सदरमुकाममै गणपति डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आएका राजुकुमार बस्नेत पनि पछिल्ला केही दिनयता पसलमा मानिसको उपस्थिति घट्दै गइरहेको बताउँछन्। अघिल्लो वर्षको चैतमा भएको लकडाउनको बेला पसलमा सुरक्षा सतर्कता अपनाएर आउन अनुरोध गर्दा समेत अटेर गरेको भोगेका उपभोक्ताहरू आफैँ सचेत भएको बताउँछन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब निरीक्षक कृष्णबहादुर खड्का पनि केही दिन अगाडिसम्मको तुलनामा पछिल्ला केही दिनमा सवारीको चाप कम हुँदै गएको बताउँछन्। कुस्माको शिवालय चोकमा लामो तथा छोटो दूरीका सवारीहरूको भीड बाक्लो गरी हुने गरेकोमा अहिले सवारीहरू नै फाटफुट मात्रामा देखिन थालेको उनको भनाइ छ।थाहाखबरबाट

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग