घाटले नथेगेपछि भारतमा खेतैभरि चिता र चिहान

एजेन्सी/ भारतको कर्नाटक राज्य सरकारले कोरोना संक्रमणबाट ज्यान गुमाएकाको शव खेतबारीमै अन्त्येष्टि गर्न अनुमति दिएको छ।

संक्रमित हुने र ज्यान गुमाउनेको संख्या थेग्नै नसकेपछि राज्य सरकारले यस्तो अनुमति दिएको हो। घाट र चिहानमा स्थान अभाव भएपछि त्यहाँका मानिसहरूले खेतबारीमा अन्त्येष्टि गर्न दिन माग राखेका थिए।

बेंगलुरुजस्ता शहरका श्मशान र चिहानमा संक्रमितको शव लर्को गरी आउन थालेको छ। ती स्थानमा शवको चाप थेगिसक्नु नभएपछि खेतबारीमै अन्त्येष्टि गर्न अनुमति दिइएको भारतीय सञ्चारमाध्यमहरूमा खबर छ।​

कर्नाटकका व्यव विभाग प्रमुख सचिव मञ्जुनाथ प्रसादले संक्रमितको ज्यान जाने क्रम बढेपछि खेतबारीमै जलाउन या गाड्न अनुमति दिइएको बताएका छन्।

बुधबार कर्नाटकमा २३ हजार ५५८ जना कोरोना संक्रमित थपिएका थिए भने ११६ जनाको ज्यान गएको थियो। १३ हजार ६४० संक्रमित त बेंगलुरुमै भेटिएका थिए।

शवदाह गृहहरू विहानदेखि राति ११ बजेसम्म चालु अवस्थामा राख्दा पनि संक्रमितका सबै शव जनाउन नभ्याइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

कर्नाटकमा कोरोना संक्रमण बढेपछि अक्सिजन माग ह्वात्तै बढेको छ। दैनिक १५ सय टन अक्सिजन माग भएकोमा केन्द्र सरकारले राज्यलाई जम्माजम्मी ३०० टन उपलब्ध गराउन सकेको छ।

कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पलाई पनि गत साता कोरोना संक्रमण पुष्टि भएको थियो। उनले मन्त्रीहरूलाई आ–आफ्ना जिल्लामा पुगी कोरोनासँग जुध्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग