बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द

म्याग्दी / राष्ट्रिय गौरवको आयोजना मानिएको बेनी–जोमसोम सडकखण्ड यही वैशाख मसान्तसम्म दैनिक ९ घण्टा बन्द गरिने भएको छ।

सडक स्तरोन्नति र विस्तारको कार्यलाई तीव्र रुपमा बढाउन सडक खण्डको म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भीर क्षेत्रमा काम भइरहेको छ। सवारी साधनहरु बन्द गरेर निर्माण बढाइइने भएकाले मार्ग बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी दिएका छन्।

उनका अनुसार वैशाख मसान्तसम्म दैनिक रुपमा बिहान साढे ६ देखि ११ बजेसम्म र दिउँसो २ देखि साँझ साढे ६ बजेसम्म सडकमा आवागमन बन्द हुनेछन्।

यो निर्णयसँगै मुस्ताङ प्रवेश गर्ने र बाहिरिने सबै सवारी साधनलाई सडक निर्माण क्रममा रोक लगाइने छ। राष्ट्रिय गौरवको बेनी–जोमसोम ७६ किमी निर्माणधीन सडकलाई गति दिन यो निर्णय भएको निर्माण कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग