चिनियाँ राजदूतको हत्या गर्न पाकिस्तानमा हाेटलभित्रै बम विस्फोट

पाकिस्तान/पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङको हत्या प्रयास भएको छ। विस्फोट हुँदा होटलमा रहेका कम्तिमा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

उनको हत्या गर्न क्वेटा शहरस्थित मशहुर सेरेना होटेलमा बलूच पृथकतावादी सशस्त्र समूहले बम विस्फोट गएको हो। घटनाको जिम्मेवारी भने पाकिस्तानी तालिवानले लिएको छ।

विस्फोटका बेला क्वेटा शहरमै भएपनि चिनियाँ राजदूत सो होटलमा पुगेका थिएनन्। सेरेना होटल क्वेटा शहरकै सुविधासम्पन्न मानिन्छ। त्यहाँ सरकारी अधिकारीहरू र सार्वजनिक छवी भएका व्यक्तिहरू पुग्ने गर्छन्।

पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले कारमा विस्फोटक भरेर होटलमा विस्फोट गराएको पाइएको जानकारी दिएका छन्।

हमला भएका बेला चीनका राजदूत क्वेटाकै अर्को स्थानमा आयोजित समारोहमा थिए।

बलूचिस्तानमा पृथकतावादी समूहले लामो समयदेखि हिंसात्मक विद्रोह गर्दै आएको छ। यो विद्रोहलाई भारतले सघाउने गरेको आरोप छ।

तर, सो क्षेत्रमा चीनले निकै ठूला विकास परियोजना सञ्चालन गरेको छ। बलूच विद्रोहीले चिनियाँ परियोजनाको विरोध गर्दै आएका छन्। एजेन्सी

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग