बढ्यो खतरा -एकै दिन ११२ बालबालिका सहित १०९६ संक्रमित थपिए, आठको मृत्यु

काठमाडौं/आइतबार ११२ बालबालिकामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार शून्यदेखि नौ वर्ष उमेर समूहका २१ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका ९१ बालबालिका कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म १८ वर्षमुनिका बालबालिकाहरुलाई कुनै खोप सिफारिस नगरिएकाले बालबालिका प्रताडित हुन सक्ने देखिएको छ । त्यसैले, बालबालिकालाई संक्रमण हुनबाट बचाउन चिकित्सकले सल्लाह दिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा १०१५ जनामा संक्रमण देखिएको हो भने ८५३ जनाको एन्टिजेन परक्षिणका क्रममा ८१ जनामा संक्रमण देखिएको डा. गौतमले बताए । काठमाडौं उपत्यकामा आज ४३५ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा ३२६, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणम मुक्त भएर २६२ जना डिस्चार्ज भएका छन् । नेपालमा आज १४६ जना आईसीयूमा उपचाररत छन् भने ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै मन्त्रालयले पाँच वर्ष मुनिका बालबालिकालाई कोरोना संक्रमणको जोखिम शून्य हुन्छ भन्ने एक चिकित्सकको भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पाँच वर्षमुनिका तीन हजार पाँच सय ६५ जना बालबालिका संक्रमित भइसकेका छन् । आज ५१ बालबालिका सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । हालसम्म पाँच वर्षमुनिका १० बालबालिकाको मृत्यु भएको छ । डा. गौतमका अनुसार गत २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ जना पुगेको छ । पछिल्लो केहि दिनयता नेपालमा दिनहुँजसो कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ । जसका कारण दोस्रो लहरको कोरोनाले नेपालमा पनि खतरा बढाइरहेको देखिन्छ ।

राजधानी दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग