गण्डकी प्रदेश खेलकूद परिषद र जिल्ला खेलकुद समिति गठन, पर्वतको अध्यक्षमा हर्कमान र सचिबमा अदित

पर्वत/गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश खेलकूद परिषद लाई पूर्णता दिनुका साथै जिल्ला खेलकुद बिकास समितिको अध्यक्ष र सचिबहरु समेत मनोनित गरेको छ ।
प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले गण्डकी प्रदेश खेलकुद परिषदको उपाध्यक्षमा नारायण पुन मनोनित गरेको छ भने पर्वत जिल्ला खेलकुद बिकास समितिको अध्यक्षमा हर्कमान गुरुङ्ग र सचिबमा अदित गुरुङ्गलाई मनोनित गरेको छ । अध्यक्ष मनोनित हर्कमान गुरुङ्ग मोदी गाउँपालिका ७ राम्जा राँपुका स्थायी बासिन्दा हुन भने सचिब मनोनित अदित गुरुङ्ग फलेबास नगरपालिका ९ ठानामौला निवासी हुन ।
यस्तै प्रदेश सरकारबाट गण्डकी खेलकुद परिषदमा मनोनित परिषद सदस्यमा गिरमान गुरुङ, बासु बराल, दिल बहादुर गुरुङ, राम चन्द्र थापा, योगेन्द्र गुरुङ, तारामाया थापा मगर, शुभकन्या गुरुङ, चन्द्रा घले गुरुङ, ज्ञान बहादुर बोहरा, योगिता सहनी, योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, बसन्त दवाडी, ऋषी गौतम, निर्मला बराल र केशव पाठक रहेका छन ।

त्यसैगरी कास्की जिल्ला खेलकूद विकास समितीको अध्यक्षमा तोरण बहादुर बानियाँ मनोनित भएका छन भने उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिवमा भिम पराजुली, कोषाध्यक्षमा कन्चन थापा ९कोइराला०लाई मनोनयन गरिएको छ । स्याङजा जिल्लाको अध्यक्षमा गिरी प्रसाद गुरुङ र सचिवमा शितल जङ्ग केसी मनोनयन भएका छन ।

तनहुँ जिल्लाको अध्यक्षमा अनिल पाण्डे र सचिवमा तुल्सीराम पाण्डे, लमजुङ जिल्लाको अध्यक्षमा योग बहादुर गुरुङ र सचिवमा रोजी गुरुङ, नवलपुर जिल्लाको अध्यक्षमा सेत बहादुर पुन र सचिवमा ध्रुव खनाल, मनाङ जिल्लाको अध्यक्षमा चिन बहादुर घले र सचिवमा नवराज गुरुङ रहेका छन ।

त्यसै गरी गोरखा जिल्लाको अध्यक्षमा शान्ता सिंह बस्नेत र सचिवमा हिरालाल श्रेष्ठ, मुस्ताङ जिल्लाको अध्यक्षमा मिन कुमार शेरचन र सचिवमा विनोद वि।सी, म्याग्दी जिल्लाको अध्यक्षमा दिनेश खत्री र सचिवमा तारामान रोक्का र बागलुङ जिल्लाको अध्यक्षमा कुमार खडका र उपाध्यक्षमा लोकेन्द्र केसी मनोनित भएका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग