“पहाडले”

-सामना पहाड
भेटेको छ,
अटल उभिईरहेको पहाडले
पटक पटक
उसैको छातीमा
सपनाका लौरी टेकेर
गर्व गर्नेहरुको जमात
कोही देख्छन् फेदमै
अग्ला पहाड चढेका होचा सपना
कोही गर्छन रे , पहाडमै खुड्किला
चाल्दै गरेका कल्पना
कोही पहाडै वोकेका सपना
त कोही,
पहाडै समातेर सानदार उभिएका सपना

कोही पहाडको उदाङ्ग सर्वाङगमा
मस्त कुल्चिरहेका सपना
कोहि शिखरमा
विजयोत्सवका झन्डा गाडेर
पनि चरम असन्तुष्ट
हो
सायद जति पनि देख्न पाइन्छ
पहाडका सपनाहरु
सपनै देख्नलाई त
िकन रोक्दो हो र पहाड
चाहे कोहि
जस्तोसुकै सपनाका तान बुनिरहोस
जस्तैः छेपारा, मुसा ,लोखर्के आदि आदि… !
कोलाहाल पो नगर्दाे हुन
स्मृतिपत्रमा कच्याककुचुक
पोको पारिएका अनुभुतीहरुले
तर
कुन चाहिँ इतिहासको पानामा
कहाँनेर हारेका छन
कुनै पनि स्वभिमान पहाडहरुले
अस्तित्वको लडाइँमा !

भक्तपुर

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग