कविता -बुर्का

– सामना पहाड
मात्र तिमी र तिम्रा आमाहरु छौ
सदियौंदेखि गुम्सिएका
काला , निला ,अँध्यारा बुर्काहरुभित्र
लाग्दो हो अप्सना तिमिलाई

सोच्थेयौँ , त्यी तिमा्र जर्जर संंस्कार

बुर्का भित्रको जिन्दगी
कति दर्दनाक हुदोँ हो
सोच्थेयौ, निरिह छौ तिमिहरु

कैद छन तिमा्र उन्मुक्त रहररु

नपुगुन् बुर्काहरु कदापि
पाठशालाका गेट हल्लाउन
नतानून् आजीवन स्वाधीन सपनाका
केरमेर धर्काहरु
चेतनाका घामहरुले
खाँदिरहुन् अनुहार, मर्यादाका खोलभित्र

नसकुन् तृष्णाको सागरभित्र
सवेगका भानु डुबाउन
उद्धत नहुन् मजेत्रा र गम्छाहरु
छिल्लिदँै साँझपखको चन्द्रमा खोज्न
बगिरहुन् अविरल सहनशीलताका गङ्गाहरु
सबै ओडनी र सप्काहरुभित्र

झस्केका छा,ैँ यतिखेर
हर कोहि आमाहरु
कति कैद रहेछाँै
कथित संस्कार र आचारसंहिताका हरफहरुभित्र
बौद्ध,इस्लाम, हिन्दू या ईशाइको
सप्को ओडेका आमाहरु

कथित धर्मका श्लोकहरुले
यो या त्यो दर्शनका बखेडाहरुल्ो
सिलाइ रहेका रहेछन
ओडाइ रहेका रहेछन
कथित मौलिक, आधुनिक
र उत्तरआधुनिक बुर्काहरु

ए हर ध्रुब

हर कोणका आमाहरु हे
के च्यात्नु पर्दैन हामीले अब ?
चाहेर वा नचाहेर भिर्नुपरेका
भौतिक वा अभौतिक बुर्काहरु

भक्तपुर

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग