नेपालमा सिनेमा बनाउन घर खेत बेच्नुपर्ने अबस्था छ -निर्मात्री शाह

काठमाण्डौ/नेपालमा कोभिड १९ को प्रकोपपछि सिनेमाहलहरु खुले पनि दर्शकहरुको उपस्थिति भने न्युन रहेको छ । अहिलेको अवस्थामा नेपाली फिल्म निर्माताहरु हलमा आफ्नो सिनेमा चलाउन डराइरहेका छन् । निर्माताहरुले सरकारबाट आवश्यक सहयोग भए चलचित्र हलमा चलाउन सहज हुने बताउँदै आएका छन् ।

नेपाली चलचित्र निर्मात्री अनु शाहले निर्माण गरेको ‘सुकामानो’ र ‘उफ यो मन’नामक सिनेमा हलमा लगाउने तयारी भइरहेको छ । तर चलचित्रको भविष्य के हुन्छ भन्ने अहिले नै आंकलन गर्न सकिने अवस्था छैन। सिनेमा डुब्दा आर्थिक रुपले सबैभन्दा नराम्ररी निर्माता फस्ने भएकोले सरकारी सहयोग अपेक्षित रहेको निर्माता शाहको भनाई छ। यस्तो सिनेमा बनाउँदा निर्माताले घरखेत समेत बेच्नु परेको तितो यथार्थ रहेको छ।

बिगत ३० वर्षदेखि रेडियो, रंगमन्च तथा सिनेमा अभिनयका साथै लेखनमा सक्रिय अनु शाहले ३ वटा सिनेमा निर्माणका साथै २ सयभन्दा बढी गीत लेखिसकेकी छिन। उनले आफूले लेखेका गीतहरु मध्ये १८ वटा गीतको म्युजिक भिडियो बनिसकेको छ जसमा पनि सम्पूर्ण लगानी उनकै रहेको छ। तर म्युजिक भिडियोबाट हुने आर्थिक उपार्जन भने न्युन रहेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग