१२ हजार नेपाली कोरिया जान पाएनन्

काठमाडौं/कोरियाले कोरोना संक्रमणको कारण भन्दै नेपालबाट कोरिया जान ठिक्क परेका झन्डै १२ हजार नेपालीलाई कोरिया लान रोक लगाएको छ ।

कोरियाले कोरोना संक्रमणको अति संवेदनशील मुलुकमा नेपाललाई अझै राखेका कारण ती नेपाली कोरिया जान नपाएका हुन् । ईपीएस परीक्षा उतीर्ण गरेका १० हजार ५ सय ५ र नियमित प्रक्रियाबाट करिब ५ वर्ष काम गरी घर फर्केर अर्को प्रक्रियाबाट फेरि जान तयार करिब २ हजार युवा यतिखेर छटपटीमा छन् ।

कोरियाले सन् २०२० का लागि सबैभन्दा धेरै कोटा छुट्याएर १२ हजार ९ जना नेपाली कामदार लिने घोषणा गरेका थिए । तर त्यसवर्ष १ हजार २७ जनाले मात्र कोरिया उड्न पाए । कोरियाले नियमित रुपमा कामदार लिएको भए सन् २०१७, २०)१८ र २०१९ मा भाषा परीक्षा उतीर्ण गरीवरी रोस्टरमा परेका १० हजार ५ सय ५ नेपालीले रोजगार पाउँथे ।

सन् २०२० का लागि अघिल्लो वर्ष लिएको परीक्षामा करिब ९२ हजार सहभागी भएकामा ६ हजार ७ सय र कृषि तथा पशुपालनतर्फ २ हजार जना थिए । कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन जारी गर्नुभन्दा एक महिनाअघि गत वर्ष फागुन २१ देखि नै नेपालले एकतर्फी रुपमा कामदार पठाउने प्रक्रिया स्थगित गरेको थियो ।

त्यतिबेला कोरियामा कोरोना भाइरस तीव्र गतिमा फैलिएको थियो । नेपालमा कोरोना भाइरस देखिन थालेपछि कोरियाले सेप्टेम्बरदेखि नेपाललाई अति संवेदनील मुलुकको सूचीमा राखेको छ । त्यो अर्झ हटाएको छैन् । कोरियाले रोस्टरको म्याद नथपे छानिएकामध्ये अधिकांशले उड्न पाउँदैनन् । कोरियाको मानव संशाधन अनुसार भाषा परीक्षामा उतीर्ण भएर मात्रै कोरिया जाने सुनिश्चित हुँदैन् ।

‘खाडीका मुख्य गन्तव्य देशले नेपालबाट कामदार लगेकै छन् । कोरियाले पनि अन्य मुलुकबाट कामदार लगेको छ । नेपालले उच्च कुटनैतिक पहल नगर्दा रोजगार अनिश्चित भएको’ कोरिया जान नपाएका कामदारहरुको संघर्ष समितिका अध्यक्ष अजय सोडारीले भने । कान्तिपुर दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग