कविता -“यौवनको बिस्कुन”

-सामना पहाड
फूलेका थिए यौवनका
फूलहरु लटरम्म
हुँदै थिए फलहरु परिपक्व
आजकल उसले सुकाउँछे
जीवनको मान्द्रोभरि
यौवनका विस्कुनहरु
खुला थियो आँगन
खुलै थियो मान्द्रो पनि
मान्द्रोभर छरपस्ट छरिएका
यौवनका विस्कुनहरु टिप्न
तल्लीन थिए
परेवा र भँगेराहरु
कौवा र कुखुराहरु
छुट थियो कुकुरहरुलाई
विस्कुन चाट्न
लोखर्केहरुलाई
ओसारपसार गर्न, दुलाभित्र
विस्कुन मै निस्कासन गर्दथे
बदमास बिरालाहरु
अब उठाउनै
नमिल्ने गरी
आँगनभर छरपस्ट भएको थियो
उसको बिस्कुन
सुनियो हिजो रातभर
उ तड्पिइरे
जलेकी थिइ रे
पग्लेकी थिइ रे पुरै रात
भोलिपल्ट बिहान सबेरै
बासे भालेहरु
सुकेको मुढो माथि
कराउन थाले कौवाहरु
खोज्दै थिए बिराला र
लोखर्केहरु
बाँकी बिस्कुन
समाप्त भइसकेको थियो
अब उसको बिस्कुन सुकाउने क्रम
सदाका लागि
भीड देखियो
उसको जीवनको
अन्तिम बिस्कुन वरपर
चुहाइरहेका थिए कोही
दुई थोपा आँसु
अन्तिम पटक ।
झ्वाम्म अँगालो हालेर
रुँदै थिए
उसका शुभचिन्तकहरु
एक तमास
चलिरहेको थियो रुने क्रम
सुनिन्थ्यो चर्चा वरपर
उसकी आमाको
आँखा रसाएन रे
कति कठोर हृदय ?
सायद सोच्दै थिइन होला आमा
अस्ति नै माइलीका आमा छोरीले
छरेको यौवनको विस्कुन
भर रात उसकै लोग्ने र छोराले
पारेका थिए छरपस्ट
सायद यसरी नै तिरस्कृत भएको
थियो उसको यौवनको बिस्कुन ।
छापिएका छन् समाचारहरु
छापामा र वेवसाइटका भित्ताहरुमा
यसरी तिरस्कृत भयो उसको
यौवनको बिस्कुन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग