अभिलाषा

-अनु शाह

ए प्यारो मान्छे….
आउ नजिक आउ,
भाबनाको कम्बल ओढाउ,
स्पर्सको मिठास चखाउ,
कल्पनामा नै सही,
फेरी आउ मेरो निॅद बिथोल्न आउ,
मेरो कामना खोतल्न आउ,
तिम्रो बाहुपासमा कस मलाई,
तिम्रो आलिगनमा बेरेर
बेसुमार चुम्बनको बर्र्साद गर,
आज महफिलमा खुसी सजायकी छु
बिबेक लाई चर्न पठाएकी छु,
आउ मेरो निर्लज्ज मनको
बेशर्म यो मागहरु पुरा गर,
तिम्रो एक ईसारा काफी छ,
मेरो सऱ्म्पुर्ण समर्पणको लागी,
तिम्रा ठुला बाटुला ॲाखामा
सपनाको रॅगीन रॅगहरु पोती दीन्छु,
तिम्रो रसिलो ओठहरुमा म
एक प्याला मधुरस घोली दीन्छु,
मात्र तिमी चाहे प्रेमको अभिनय गर
म जानि जानि अन्जान बनि दीन्छु,
म तिम्रो लागी योबनको
रॅगमॅच खोली दीन्छु,
आउ अभ्यास गर खुसी हुनुको,
म तिम्रो खुसीको बहाना बनिदीन्छु
म तिमी सॅग न रॅग माग्छु ,
न कुनै शाईतको सौगात माग्छु
बस यती माग्छु
तिमी आकाश बन
म तिम्रो जुन बन्छु,
तिमी सरगम बन,
म तिम्रो धुन बन्छु,
ए प्यारो मान्छे…
आउ मेरो नजिक आउ
भाबनाको कम्बल ओढाउ
स्पर्सको मिठाश चखाउ,

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग