सर्वाेच्च अदालतले जे फैसला गरे पनि हामीलाई स्वीकार छ : उपप्रधानमन्त्री पोखरेल

चितवन/ उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई स्वीकार हुने बताएका छन्।

ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए पनि आफूहरूको राजनीति नसकिने बताएको भोलिपल्ट सचिवालय सदस्य पोखरेलले सर्वाेच्च अदालतले जे फैसला गरे पनि आफ्नो पार्टीलाई मान्य हुने धारणा सार्वजनिक गरेका हुन्।

ओली समूहनिकट प्रेस संगठनको चितवन जिल्ला समितिले आज (मंगलबार) आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई नमान्ने भन्ने कुरा लोकतन्त्रमा हुँदैन।’

यस्तै उनले चुनावमा जाने कुरालाई पनि अलोकतान्त्रिक र प्रतिगमन भन्न नमिल्ने जिकिर पनि गरे।

त्यस क्रममा नेता पोखरेलले प्रचण्ड–नेपाल पक्षको अकर्मण्यताका कारण नेकपा फुटेको आरोप पनि लगाए।

उनले भने, ‘नेपाली जनतालाई, कम्युनिस्ट आन्दोलनका कार्यकर्तालाई दुःखी बनाउने, पीडा दिने घटना घटेको छ, हामी सबै दुःखी छौं।’

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

ममाथि शारीरिक हमला हुन सक्छ, ज्यान तलमाथि भयो भने अनौठो नमान्नु : ओली

अदालतको अवहेलना मुद्दामा सर्वाेच्चको फैसला : न्यायाधीशको स्वच्छ आलोचना सञ्चार जगतको कर्तव्य हो

दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर कोरोना खोप लगाइने

संसद् अधिवेशन-संसद् बैठकमा कहाँ बस्छन् प्रचण्ड–नेपाल पक्षका सांसद?

आफूलाई हटाएर देखाउन चुनौती दिँदै प्रधानमन्त्रीले भने: झुसे बारुलाहरुले फूर्ती नलाए हुन्छ