कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गुरुङ

पर्वत । जिल्लाको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कुमानसिंह गुरुङले कार्य भार सम्हालेका छन् । यस अघि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हरी पंगेनीको सरुवा भएको थियो । नयाँ कार्यालय प्रमुखको रुपमा गुरुङले सोमबार देखि कार्यभार सम्हालेका हुन् । गुरुङ यस अघि कास्कीको माच्छापुछ्रे गाउँपालिकामा कार्यरत थिए ।

यस अघि पनि कार्यकारी अधिकृतको रुपमा कुश्मा नगरपालिका नै कार्यरत गुरुङ जिल्लाकै मोदी गाउँपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरेका थिए । गुरुङलाई सोमबार एक कार्यक्रमका वीच कुश्मा नगरपालिकामा स्वागत गरिएको छ । कर्मचारीहरुको स्वागत पछि गुरुङले सेवा प्रवाहमा कुशलता प्रदर्शन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

जनमुखी सेवा प्रणाली नै वर्तमान ब्यवस्थाको आवश्यकता रहेको भन्दै उनले जिम्मेवारी र जवाफदेहि भएर जनताको काम गर्न कर्मचारीलाई निर्देशन दिए । जिल्लामा २ कार्यकाल कार्यालय प्रमुखको भूमिकामा रहँदा र्निविवादित तथा स्वच्छ छवि बनाएका गुरुङ पर्वत जिल्लामै विगत लामो समय देखि ब्यवसाय सञ्चालन गरी बस्दै आएका छन् ।

उनले योजनाहरुको काममा गुणस्तरीयता कायम गरी पारदर्शीता प्रदर्शन गरेर नगरपालिकालाई उदाहरणीय बनाउन सवैको साथ र सहयोग मिल्नुपर्ने समेत बताए । उनले जनप्रतिनिधिहरुको साथ, सहयोग र मार्गनिर्देशन बमोजीम आफूले काम गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

ममाथि शारीरिक हमला हुन सक्छ, ज्यान तलमाथि भयो भने अनौठो नमान्नु : ओली

अदालतको अवहेलना मुद्दामा सर्वाेच्चको फैसला : न्यायाधीशको स्वच्छ आलोचना सञ्चार जगतको कर्तव्य हो

दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर कोरोना खोप लगाइने

संसद् अधिवेशन-संसद् बैठकमा कहाँ बस्छन् प्रचण्ड–नेपाल पक्षका सांसद?

आफूलाई हटाएर देखाउन चुनौती दिँदै प्रधानमन्त्रीले भने: झुसे बारुलाहरुले फूर्ती नलाए हुन्छ