गण्डकी प्रदेश मुख्यमन्त्री कप भलिबलमा क्वार्टर फाइनलका खेल सकिए

पर्वत /प्रथम गण्डकी प्रदेश मुख्यमन्त्री कप भलिबल प्रतियोगिता–२०७७ को तेस्रो दिन क्वार्टर फाइनलका खेलहरू सकिएका छन्। प्रतियोगिताको आयोजक कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीका अनुसार बिहीबार विभिन्न जिल्लाका पुरुष र महिला टीमकाबीच आठ ओटा खेलहरू सम्पन्न भएका छन्। योसँगै शुक्रबारबाट सेमिफाइनलका खेलहरू खेलाइने छ।

अध्यक्ष पराजुलीका अनुसार बिहीबार भएका खेलहरूमध्ये पुरुषतर्फबाट स्याङ्जा, पर्वत, म्याग्दी, तनहुँ तथा महिला तर्फ म्याग्दी, तनहुँ, कास्की र पर्वत अन्तिम चारमा प्रवेश गरेका छन्।

पुरुषतर्फको पहिलो खेलमा बाग्लुङलाई २५–२० र २७–२५ को सोझो सेटमा हराउँदै स्याङ्जा जिल्लाले अन्तिम चारको यात्रा सुरक्षित गरेको हो। त्यस्तै कास्कीलाई म्याग्दीले २५–१९ र २५–१२ को सोझो सेटमा पराजित गरेको छ। यस्तै तनहुँले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) लाई २५–१८ र २५–२० को सोझो सेटमा पराजित गरेको छ। योसँगै सेमिफाइनलमा नवलपरासी र म्याग्दीको भेट पक्का भएको छ। शुक्रबार हुने सेमिफाइनल खेल स्याङ्जा र पर्वत तथा म्याग्दी र तनहुँ बीच हुने छ।

यस्तै महिलातर्फ भएका खेलमा स्याङ्जालाई म्याग्दीले २५–५ र २८–२६ को सोझो सेटमा पराजित गरेको छ। तनहुँले मुस्ताङमाथि २५–७ र २५–९ को सोझो सेटमामा जित हाँसिल गरेको छ। यस्तै नवलपुरलाई पर्वतले २५–८ र २५–५ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ।

कास्कीले भने बागलुङमाथि सङ्घर्षपूर्ण जित निकाल्न सफल भयो। पहिलो सेट बागलुङले २५–१९ मा जित निकाल्यो। दोस्रो सेटमा कास्कीले आफ्नो खेल सुधार्दै २३–२५ मा सेट जित्यो। अन्तिम सेट पनि कास्कीले १८–२५ को नतिजा सहित बागलुङलाई हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो। शुक्रबार हुने सेमिफाइनल खेलमा कास्कीले पर्वतसँग तथा म्याग्दीले तनहुँसँग भिड्ने तालिका छ। ती खेलहरू वेस्ट अफ फाईभको आधारमा हुने छन्। प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लामध्ये १० जिल्लाका २० ओटा टोलीको सहभागिता छ।

प्रतियोगितामा विजेता महिला र पुरुष टोलीले २-२ दुई लाख नगदसहित र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, दोस्रो टीमले एक लाख र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा फरक–फरक पाँच वटा विधामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले प्रतिव्यक्ति पाँच हजार रुपैयाँका दरले पुरस्कार पाउने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग