प्रेमभाबमा डुबुल्की मार्दै

-अनु शाह

सुकुमार कोमल पल्लवको आगमनले
बसन्त प्रवेश भइसकेको आभास दिन्छ।
झरनाको मिठो रोमान्चक झंकारमा
वर्षादको बाछीटा सँगै मयुर जस्तै भएर
मन आफ्नै आँगनमा नाच्न थाल्छ।
निस्फिक्रि, कोइलीको कुहुकुहु
र पवनको सुगन्धित सुभास सँगै
जल तरंगको झंकारमा निर्लज्ज मन,
अनी नृत्यमा पारंगत म,
चुर्लुम्म डुब्छु सरगमको तालमा।
आफुलाई मधुवनको मिरा कल्पिंदै
अंग प्रत्येगको भावभंगिमाबाट
म प्रेमको निमन्त्रणा दिइरहेछु
मेरो मनमीत गोपाललाई।
मानसरोवर तलाउमा डुबेर
शुद्ध पारेकिछु आफ्नो तन मन।
सज्जिएको छु सोह्र श्रृगारले
सजाएको छु मन्दिर फुलहरुले।
जगमगाई दिन्छु आस्थाको लाखौं दिपहरु
हजारौं सुमधुर घण्टाको आवाजहरुले।
पुलंकित मन भाव विभोर हुनेछन
हाम्रो दुई आत्माको मिलनमा।
निरन्तर डुब्न चाहन्छु प्रेमाभावमा,
अनी
अनि कस्सीएर तिम्रो बाहुपासमा,
बिलिन हुन चाहन्छु,
चीर निन्द्रामा सधैं सधैं को लागि।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग