दिल्लीलाई हराउँदै मुम्बईले जित्यो पाँचौं पटक आईपीएलको उपाधि

काठमाडौै / मुम्बई इन्डियन्सले पाचौँ पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ। ​

१३औँ आईपीएलको फाइनलमा दिल्लीलाई पाँच विकेटले हराउँदै मुम्बईले पाचौँ उपाधि जितेको हो। मुम्बईको यो लगातार दोस्रो उपाधि हो। गत वर्षको आईपीएल फाइनलमा मुम्बईले चेन्नाई सुपर किङ्सलाई पराजित गरेको थियो।

१३औँ संस्करणको विजेता भएसँगै मुम्बई आईपीएल उपाधि सर्वाधिक पाँच पटक जित्ने टोली भएको छ। यसअघि मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा आईपीएल उपाधि जितेको थियो।

फाइनलमा खेलमा दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले १८ दशमदव ४ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो। उसका ओपनर रोहित शर्मा र क्विन्टन डि कोकले गतिलो शुरुआत दिलाए।

उनीहरुले चार ओभरमा नै ४५ रन जोडेका थिए। १२ बलमा २० रन जोडेका डि कोक पाचौँ ओभरको पहिलो बलमा आउट भए।

कप्तान रोहित शर्माले भने ५१ बलमा ६८ रन बनाए। उनले पाँच चौका र चार छक्का प्रहार गरे। अर्का ब्याट्स्म्यान इशान किसानले १९ बलमा ३३ रन बनाए।

दिल्लीका लागि एनरिक नोत्र्जेले दुई तथा कागिसो राबाडा र मार्कस स्टोइनिसले एक एक विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाइ १५६ रन बनाएको थियो। दिल्लीको शुरुआत निकै खराब भयो। उसका ओपनर मार्कस स्टोइनिस खाता नखोली इनिङको पहिलो बलमा नै बाहिरिए। उनलाई ट्रेन्ड बोल्टले आउट गरेका थिए।

मध्यक्रममा ब्याटिङ गर्ने अलराउन्डर स्टोइनिसलाई दोस्रो क्वालिफायरबाट दिल्लीले ओपनिङमा ल्याएको थियो।

यो सिजन निकै राम्रो प्रदर्शन गरेका ओपनर शिखर धवन पनि चल्न सकेनन्। उनले १३ बलमा १५ रन मात्र बनाए। दिल्लीले २२ रनमा तीन विकेट गुमाएको थियो।

कप्तान श्रेयस ऐयर र रिसव पन्तले दिल्लीको ब्याटिङ् सम्हालेका थिए। उनीहरुले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरे। पन्त ५६ रनमा बाहिरिए भने ऐयरले अविजित ६५ रन बनाए। तर, दिल्लीले बनाएको योगफल जितका लागि पर्याप्त भएन।

यो सिजन भएका चारै खेलमा दिल्ली मुम्बईसँग पराजित भयो। मुम्बई र दिल्लीले लिगचरणमा दुई खेलसहित पहिलो क्वालिफायरमा पनि प्रतिष्पर्धा गरेका थिए। सबै खेलमा मुम्बईले दिल्लीविरुद्ध सजिलो जित हात पारेको थियो।

यता दिल्ली पहिलोपटक आईपीएलको फाइनलमा पुगेको थियो। तर, उपाधि जित्ने सपना भने पूरा हुन सकेन। दिल्ली टीममा नेपाली स्पिनर सन्दीप लामिछाने पनि आबद्ध थिए। उनले कुनै पनि खेल खेल्न पाएनन्। लगातार तेस्रो सिजन दिल्लीबाट आईपीएल खेल्न गएका उनी एक खेल नखेली फर्किनु परेको यो पहिलो पटक हो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’