‘मेरी आमा’

-अनु शाह

मेरी जननी,त्यागको मुर्ति ममाताकी खानी ।
निर्मल,पवित्र,सम्बेदनशिल अनी मनकी रानी।
राजकुमार र परीको कथा सुनाउँछिन मेरी आमा।
कल्पनामै पनि रमाउन सिकाउँ छिन मेरी आमा।
मेरो ज़िद्धी सँग दिक्क हुँदा पनि मलाई मायाँ गर्ने।
सारा गल्तिहरु माफ गरेर स्नेहले आचँलमा बेर्ने।
सात समुन्द पारी पनि आशिर्बाद सन्देश पठाउँछीन,
सम्झेर हर रात मलाई नै सिरानी सधैं भिजाउँछिन।
चौतारी हो तिम्रो बिशाल हृर्दय मेरो दु:ख बिसाउन।
एक जुनी काफी छैन,तिम्रो ममताको मुल्य चुकाउन।
तिम्रो स्नेह,अनमोल मायाँ अनिंदो अनगीन्ती रातको।
सल्लाह सुझाव अनी दु:खमा दिएको तिम्रो साथको।
सकिन तिर्न दुधको भारा यो जीवनमा आमा म के गरुँ?
फेरी अर्को जन्म पाएछु भने आमा म तिम्रै कोखमा परुँ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’