पर्वत समन्वय समितिका जनप्रतिनिधिद्धारा चाडपर्व खर्चको २ लाख ३५ हजार कोरोना कोषमा जम्मा

पर्वत,कार्तिक ५ /जिल्ला समन्वय समिति पर्वतका जनप्रतिनिधिद्धारा कोरोना कोषमा रु २ लाख ३५ हजार रुपैया सहयोग गरेका छन् ।
कोरोना भाईरस (कोभिड-१९)को महामारीले विश्व आक्रान्त बनेका वेला नेपाल पनि यसको चौतर्फि चपेटामा परेको छ । यस्तो अवस्थामा समन्वय समितिका जनप्रतिनिधिहरुले राज्यवाट पाउने चाडपर्व सुविधाको रकम कोरोना कोषमा जम्मा गरिएको जिल्ला समन्व्य समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका सदस्यहरुले चाडपर्व खर्चको रुपमा पाउने २ लाख ३५ हजार रकम कोरोना कोषमा जम्मा गरिएको एक विज्ञप्ती प्रकाशित गरी जानकारी गराईएको छ ।
कोरोनाले देशको समग्र क्षेत्रमा पारेको प्रभावले राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको सन्दर्भमा कोरोना संक्रमितहरुको उपचार र राहत सहयोग मिलोस भन्ने उद्धेश्यले आफुहरुले पाउने रकम पुन राज्यकै कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो ।
यसले कोरोना संक्रमितको उपचारमा केहि सहज हुने विश्वास जनप्रतिनिधिहरुको रहेको छ । यस वर्ष महामारीले ग्रसित बनेको छ । सहज अवस्था भएमा चाडवाडहरु अर्को वर्ष मनाउँला भन्दै समन्वयका पदाधिकारीले स्वःत स्फुर्त रुपमा उक्त रकम जम्मा गरेको उपप्रमुख यामकुमारी रानाले बताउनुभयो ।


अर्थतन्त्रमै समस्या भएका कारण कोरोना संक्रमितको उपचारका लागि राज्य समस्यामा परेको बेला सवै क्षेत्रवाट यस्तै सहयोगको खाँचो रहेको रानाको भनाई रहेको छ ।
समन्वय समिति पर्वतको प्रमुखमा पौडेल र उपप्रमुख राना सँगै सदस्यहरुमा कविता विक, विष्णुराम विक, नन्दलाल सुवेदी, ज्ञानबहादुर भण्डारी, ओमप्रसाद रेग्मी, विष्णुमाया पौडेल र सर्मिला नेपाली रहनुभएको छ । उहाँहरु ९ जनाले चाडवाड खर्च वापत पाउने रकम जम्मा गर्नुभएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’