पोखराको मेट्रोसिटी अस्पतालमा उपचाररत पर्वतको कुस्माकी एक महिलामा कोरोना पुष्टि

पोखरा । पोखराको मेट्रोसिटी अस्पतालमा उपचाररत पर्वतको कुस्माकी महिलामा समेत कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका अनुसार क्षयरोग उपचार केन्द्र पोखराका गरिएको परीक्षणमा अस्पतालमा उपचाररत पर्वत कुश्मा ५ की ३८ बर्षिया महिलामा कोरोना पुष्टि भएको हो ।
संक्रमित महिला उपचारका लागि पोखरा पुगेपछि संक्रमण पुष्टि भएको बताइएको छ । उनको पर्वतको कुस्मामा श्वाब संकलन नभएको र जिल्ला स्वास्थ्य कार्यालयलाई कुनै जानकारी नभएको प्रबक्ता प्रबिण भण्डारीले बताउनुभयो । कुस्मा नगरपालिका वडा नं ५ की वडा अध्यक्ष चित्रकला भारतीले पनि संक्रमित महिलाका बारेमा कुनै जानकारी नभएको बताउनुभयो ।
यस्तै पोखरा महानगरपालिका वडा २५ का २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनी मेट्रोसिटी अस्पताल सृजनाचोकमा कार्यरत चिकित्सक रहेको निर्देशानलयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५५०१ पुगेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’