‘पर्वतमा आउँदा १४ दिन होम क्वारेन्टाइन’


पर्वत/ जिल्लामा बाहिरी जिल्लाबाट आउनेका लागि अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाईनमा बस्न जिल्ला प्रशासन कार्यालय पर्वतले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले एक बिज्ञप्ती जारि गर्दै अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाईनमा बस्न अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र पर्वतको बिहिबार बसेको बैठकले दश,ै तिहार, छठ जस्ता चाडपर्वमा घर आउने ब्यक्तिका कारण समुदाय सम्म संक्रमण नफैलियोस भनेर १४ दिन होम क्वारेन्टाईनमा बस्ने ब्यबस्था मिलाउन खोजेको बताउनुभयो । ‘जिल्ला बाहिरबाट आएका ब्यक्ति अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने ब्यबस्था गरेका छौ।’ उहाँले भन्नुभयो ‘बाहिर बाट आएका ब्यक्ति १४ दिन होम क्वारेन्टाईनमा बसे नबसेको अनुगमन सम्बन्धित वडा अध्यक्ष तथा सदस्यले गर्ने निर्णय भएको छ।’ प्रजिअ रेग्मीले भन्नुभयो । त्यसका लागि सबै वडा अध्यक्ष संग समन्वय भैसकेको छ ।
यसैगरी सकोरोना भाइस संक्रमितहरु होम आइसोलेशनमा बस्दा बाहिर हिडलुल गर्ने गरेको पाइएमा जिल्ला प्रशासन कार्यलयले कडा कारबार्ही गर्ने भएको छ । जन स्वास्थ्यका मापदण्डहरु नअपनाई जथाभाबि हिडडुल गर्न नपाइने नियम भएपनि यस्ता कार्य बढ्दै जान थालेकोले यस्ता गतिविधि नर्गन स्थानिय प्रशासनले ध्यानार्कषण पनि गराएको छ । चाडबाडका बेला कसैले भोजभतेर तथा जुवातास खेल्ने र भिडभाड गर्ने खालका कुनै पनि गतिबिधि सञ्चालन गरेको पाईए कारबार्ही गरिने भएको छ ।
दशैमा शुभकामना आदानप्रदान, चियापान जस्ता मानिसहरु बढि भिडभाड हुने खेलकुदका र अन्य कुनैपनि खाले मनोरन्जनात्मक कार्यक्रमहरु नगर्न प्रशासनले अनुरोध गरेको छ । बैठक, भेला, साधारण सभा, तालिम सेमिनार र गोष्ठि समेत गर्न नपाइने निर्णय समेत गरेको छ । अनिवार्य रुपमा मास्क तथा सेनिटाईजरको प्रयोग गर्न, सामाजिक दुरि कायम गर्न सबैमा आग्रह पनि गरेको छ । समाप्त

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’