बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार र निराधार -प्रधानमन्त्री ओली

काठमाडौं, असोज ३०/ प्रधानमन्त्री केपी शर्मा ओलीले बुढी गण्डकीका बारेमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लगाएको आरोपमा कुनै सत्यता नभएको बताएका छन्। उनले भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार र निराधार भएको बताएका छन्।

शुक्रबार नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले आफूहरुले त्यस्तो अनैतिक हर्कत नगर्ने बताएका छन्।

‘केही गैरजिम्मेवार तत्वहरु गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘निर्णय नभएको, कार्यारम्भ नभएको र हुन्छ–हुँदैन भन्ने निश्चितसमेत नभएको परियोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेतले अरब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको सुनेको छु।’

उनले आफूहरु डा. भट्टराईजस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन नसक्ने बताए। उनले गलत सूचना दिएर जनता नभड्काउनसमेत आग्रह गरे।

‘हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं, त्यति अनुत्तरदायी हुन सक्दैनौं,’ प्रधानमन्त्री ओलीले भने, ‘देश र जनतालाई गलत सूचना दिएर भ्रममा पारेर, भड्काएर, गलत बाटोमा लाने कुचेष्टा र त्यस्ता हर्कत हामी गर्न सक्दैनौं।’

प्रधानमन्त्री ओलीले अपराधविरुद्ध र भ्रष्टाचारविरुद्ध सरकारले शून्य सहनशीलताको नीति लिएको बताउँदै अन्य कुरामा भने सहनशीलताका साथ सरकार अघि बढेको बताए।

डा. भट्टराईले केही दिनअघि गोरखामा आयोजित एक कार्यक्रममा सार्वजनिक रुपमै प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताएका थिए।

यसअघि नै सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल कांग्रेसले विज्ञप्ति नै निकालेर उक्त आरोपको खण्डन गरेका थिए।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

फेरि सुर्खेत फर्कियो कर्णाली विवाद : मुख्यमन्त्रीले बोलाए शुक्रबार संसदीय दलको बैठक, कँडेल पक्ष अनुपस्थित हुने

निर्मला हत्या प्रकरणः पुराना फाइल पल्टाउँदै प्रहरी

अध्यक्ष तिमिल्सिना र नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क छोङ-सुकबीचबीच शिष्टचार भेट

पर्वतको पैंयुँमा पनि स्वास्थ्यका कर्मचारी सहित दुई जना संक्रमित थपिए

पर्वत समन्वय समितिका जनप्रतिनिधिद्धारा चाडपर्व खर्चको २ लाख ३५ हजार कोरोना कोषमा जम्मा