नेपाल प्रहरीमा खुल्यो ५ हजार जनाका लागि जागिर (विस्तृत सूचनासहित)

काठमाडौं, असोज ३०/ नेपाल प्रहरीमा ५ हजारभन्दा बढी युवाका लागि रोजगारी खुलेको छ। प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको हो।

शुक्रबार प्रकाशित सूचनाअनुासर खुला, अमर/अशक्त प्रहरी परिवार र समावेशीअन्तर्गत प्रतिस्पर्धा गराई जवान छनोट गरिनेछ।

यसमा भर्ना हुन न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ।

प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले जनाएको छ।

देशभरका ७४ वटै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकका तीनवटा प्रहरी परिसर (काठमाडौं, ललितपुर र भक्तपुर) मा दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’