संक्रिय कोरोनामुक्त म्याग्दीमा थप १ जनामा कोरोना पुष्टि

बेनी, असोज ७ गते । सक्रिय कोरोनामुक्त म्याग्दीमा थप एकजनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा बेनी नगरपालिका वडा नम्बर ३ का वर्ष ३० का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी हालैमात्र भारतबाट फर्किएर बेनीको क्वारेन्टाइनमा रहेका स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

यो सँगै म्याग्दीको संक्रमितको संख्या ५० पुगेको छ । ४९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । छिमेकी जिल्ला बागलुङ र पर्वतमा समुदायमा कोरोना संक्रमण फैलिएको छ भने म्याग्दीमा उच्च सतर्कता अपनाइएकाले समुदायमा संक्रमण फैलिन पाएको छैन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’