पाँच दिनसम्म हावाहुरी र चट्याङसहित देशभर अधिक बर्षा, यी प्रदेशमा ठूलो पानी पर्ने

काठमाडौं, ५ असोज । जल तथा मौसम विज्ञान विभागले आज (सोमबार) देखि पाँच दिनसम्म देशभरी मेघगर्जन, चट्याङ र हावाहुरीसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

केही स्थानमा हावाहुरीसहितको अधिक वर्षा हुने विभागले जानकारी दिएको छ । हाल उत्तर–पूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ । हावाहुरीसहित अधिक बर्षाको सम्भावना भएकाले आगामी शुक्रबारसम्म आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

मौसमविद शान्ति कँडेलका अनुसार आज दिउँसो देशभर सामान्यतया बद्ली भएर केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । प्रदेश–१ र २ का केही ठाउँहरुमा हावाहुरीको समेत सम्भावना छ ।

राति प्रदेश–१, २ र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । प्रदेश १, २ वाग्मती, गण्डकी र प्रदेश–५ का केही ठाउँमा हावाहुरी समेत आउने सम्भावना छ ।

यस्तै भोलिदेखि आउने शुक्रबारसम्म नै प्रदेश–१, २, वाग्मती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताएकी छिन् ।

अरु ठाउँहरुमा पनि ठूलो पानी पर्ने सम्भावना छ । अबको केही दिन नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’