भूकम्पले पर्वतमा एक घर भत्कियो

पर्वत, भदौ ३१/ भूकम्पले कुश्मा नगरपालिका–१ पाङको तल्लो पाङमा एक घर भत्किएको छ।

बुधवार बिहान ५ः२० बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाई गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले नारायण सुवेदीको दुई तले घर भत्किएको हो।

लगातार भइरहेको वर्षाका कारण गलेको जमिनमा भूकम्प जाँदा घरको माथिल्लो तलाको भित्ता भत्किएको र छेवैमा बाँधिएको गाईलाई पुरेको भए पनि उद्धार गरिएको सुवेदीले बताए। गत आइतबार राति भएको अविरल वर्षापछि उक्त घरको पछाडि पहिरो खसेर पानी थुनिएको थियो। त्यही पहिरो र पानीका कारण कमजोर बनेको अवस्थामा भूकम्पको धक्का पर्दा घर भत्किएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले घटनाको जानकारी आएको बताउनुभयो । मानवीय क्षति नभएको र घरमा भएको क्षतिको बिबरण संकलन गर्न प्रहरी घटनास्थल तर्फ गएको जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

‘फिनसेन फाइल्स’को नेपाल नाता -११ वर्षमा ३४ अर्ब ८४ करोड रुपैयाँको शंकास्पद कारोबार

जलजला गाउँपालिकालाई नेकपाको ध्यानाकर्षण

अब नेकपाको प्राथमिकता : मन्त्री हेरफेर र राजनीतिक नियुक्ति

पाँच दिनसम्म हावाहुरी र चट्याङसहित देशभर अधिक बर्षा, यी प्रदेशमा ठूलो पानी पर्ने

पर्वतको मिलनचोकमा सञ्चालित क्रसर उद्योग जलजला गाउँपालिकाले बन्द गरायो ,कानुनी उपचार खोज्छु, सबै क्रसर बन्द नभए सम्म काम पनि बन्द गर्दिन- जिसी