पर्वतमा कोरोना – बाहिरबाट आएका ४५ मजदुर फकाईयो , सहकारीको घरदैलो सेवा बन्द गरिने

आन्तरिक यातयात पनि बन्द हुने संभावना


पर्वत , भदौ १४ /, समुदायमा कोरोना नदेखेएिको पर्वतमा कोरोना समुदायमा फैलन नदिन सोमबार देखि स्थानियस्तरमा कडाई गर्ने तयारी गरिएको छ ।
छिमेकी जिल्लामा कोरोना समुदायस्तरमा फैलिएको कारण जिल्लालाई सुरक्षित गर्न नयाँ रणनिती बनाउन लागिएको हो ।
कोरोना संक्रमण समुदायस्तरमा जान नदिनका लागि केही दिन यता नाकामा चेक जाँचमा कडाई गर्दै अत्याबश्यक काममा बाहेक जिल्ला भित्रन र बाहिरीन कडाई गरिएको छ । त्यही मौकालाई छोपेर पर्वतमा दाङ्गबाट आइपुगेका ४५ जना मजदुरलाई फिर्ता पठाइएको छ । तीज मजदुरलाई खानेपानी योजनाहरुमा काम गराउन निर्माण ब्यबसायीले लुकिछिपी भित्र्याउन खोजेका थिए । पर्वत र कास्कीको सिमाना नयाँपुल सम्म बसमा आएर नयाँपुलबाट देउपुर तथा तिलहार हुँदै पैदल प्रबेश गर्न खोजेका मजदुरलाई बिभिन्न ठाउँबाट नियन्त्रणमा लिएर फिर्ता पठाइएको जिल्ला प्रशासन कार्यालय पर्वत स्रोतले जानकारी दिएको छ । नयाँपुल सम्म ती मजदुर कसरी आई पुगे भन्ने चाँसोको बिषय बनेको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालयले कुस्माबजारमा समुदायमा कोरोना संक्रमण फैलन नदिनका लागि सहकारी संस्थाले घरदैलोमा पुगेर बचत संकलन गर्ने कार्यलाई बन्द गर्न कुस्मा नगरपालिकालाई निर्देशन दिएको छ । कुस्माबजारमा झण्डै एक सय सहकारी संस्था क्रियाशिल छन । संस्थामा २ जनाका दरमा मात्रै बजार प्रतिनिधी हुँदा पनि २ सय जना दैनिक घरदैलोमा पुगेर बचत संकलन गर्ने भएकाले उनीहरुबाट संक्रमण फैलन सक्ने जोखिम देखेर घरदैलोमा पुगेर बचत संकलन गर्ने सेवा बन्द गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
जिल्लामा कोरोना संक्रमण फैलन नदिने रणनिती बनाउन मंगलबार कुस्मा, फलेबास, मोदी र जलजला सहितका पालिकाको सहभागितामा सर्बपक्षिय बैठक समेत बोलाइएको छ । उक्त बैठकले पर्वत जिल्ला भित्र चल्ने अन्तर जिल्ला यातयात कम्तीमा एक साताका लागि बन्द गर्ने संभावना छ । पोखरा र छिमेकी जिल्लाबाट लुकीछिपी प्रबेश गरि स्थानिय सवारी साधन मार्फत गन्तब्यमा पुग्न थालेको सुचना आएपछि केही दिनका लागि जिल्ला भित्र चल्ने सार्वजनिक सवारी साधन बन्द गर्ने निष्कर्षमा स्थानिय प्रशासन पुगेको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’