मंगलबार रातिदेखि ठूलो वर्षा, सतर्क हुन मौसमबिद्को आग्रह

काठमाडौं, साउन २७/आज ९मंगलबार० रातिदेखि वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज राति मनसुनको न्यून चापीय नेपालतर्फ नजिकिने सम्भावना देखिएकाले मनसुन सक्रिय हुने अनुमान गरिएको हो ।

‘आज रातिदेखि भोलिसम्म मनसुन सक्रिय हुने सम्भावना छ,’ मौसमविद् बासीले भनिन्।

उनका अनुसार न्यून चापीय रेखा जति नजिक भयो उति वर्षा बढ्छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

मौसमविद् बासीले अहिले ९मंगलबार बिहान ७ बजे० पनि सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका केही स्थानमा हल्काफुल्का पानी परिरहेको हुन सक्ने बताइन्।

उनका अनुसार गएराति देशका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ। एक(दुई ठाउँमा भारी वर्षा पनि भएको छ।

‘काठमाडौं उपत्यकामा पनि राति ११–१२ बजेदेखि बिहान साढे २ बजेसम्म मध्यम खालको वर्षा भएको छ,’ मौसमविद् बासीले भनिन्, ‘उपत्यकामा ८ मिलिमिटर वर्षा भएको छ।’

उनका अनुसार दिउँसो केहीबेर काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा मौसम खुल्ने सम्भावना छ। तर अपराह्नपछि पुनः बदली भई हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

दिउँसोलाई ठूलो वर्षाको सम्भावना खासै छैन तर गण्डकी र ५ नम्बर प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुन सक्छ। रातिदेखि भने वर्षाको मात्रा बढ्ने सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा ९मंगलबार बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म० का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ(

‘देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं ५ , कर्णाली प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’