स्याङ्जाको चापाकोटका मेयरको समूहले फेरि युवा कुट्यो

चापाकोटका मेयर शिबकुमार गिरी

स्याङ्जा, साउन २६/स्याङ्जाको चापाकोटका मेयर शिवकुमार गिरीसहित सरकारी सवारी साधनमा सवार समूहले फेरि युवालाई कुटपिट गरेको छ।

आइतबार राति करिब १० बजे वालिङ नगरपालिका हुँदै चापाकोट नगरपालिका जाँदै गरेको सेतो नं प्लेटमा सवार युवा समुहले वालिङ बजारमा एक युवालाई कुटेका हुन्‌।​

ग १ झ ३३३ नं को सवारी साधनमा मेयरसहित आएका युवाहरुले वालिङ ९ का जितेन गुरुङलाइ कुटेर घाइते बनाइ फरार भएका छन्‌। मेयर गिरीसहित सरकारी सवारीमा सवार राजकुमार मल्ल, लाल ब. थापा, प्रदिप गिरी र सुनिल एसकेलाइ किटानी जाहेरी दिने तयारी भैरहेको घाइते गुरुङले बताए।

चापाकोटका मेयर शिबकुमार गिरीको समुहले कुटपिटबाट घाइते भएका गुरुङ

सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ नपा-८ को घुम्तीमा एक्कासि गुरुङलाई कुटेपछि उनको आँखा र टाउकोमा चोट लागेको छ। स्थानीय प्राथमिक अस्पतालमा सामान्य उपचार गरेपछि थप उपचारको गुरुङलाई रिफर गरिएको छ।

पसलमा सामान किनिरहेको बेला अचानक फिल्मी शैलीमा आक्रमण भएको बताउँदै गुरुङले भने, ‘अर्को पालिकामा समेत प्रवेश गरेर कुटपिट गर्ने मेयरको समूहबाट चापाकोटवासी कति सुरक्षित होलान्‌ भन्ने लागेको छ।’

मेयरको उपस्थितिमा भएका शृङ्खलाबद्ध घटनाहरु

संघीय निर्वाचनमा हातपात मुलुकको शासन व्यवस्था परिवर्तनसँगै ३ तहमध्ये पहिलो चरणमा स्थानीय तहको निर्वाचन भयो। दोस्रो चरणमा संघीय र प्रादेशिक निर्वाचन भयो। स्याङजाको क्षेत्र नं २ मा तत्कालीन उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ र बहालवाला भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालबीच प्रतिस्पर्धा थियो।

आफ्नो निर्वाचन क्षेत्रमा बुथ निरीक्षण गर्न गएकी अर्यालमाथि चापाकोट नगरपालिकाको मेयर शि कुमार गिरीकै अगाडि हातपात भयो।

रारा भ्रमण घटना

करिव एक बर्ष अगाडी चापाकोटको मेयरसहितको टोली रारा भ्रमण गरेर फर्किँदै थियो। कालिकोटको सनलाइट होटलमा मादकपदार्थ सेवन गरी सोही होटलमा बस्ने भक्तपुरको युवाहरू र मेयरको टोलीबीच झडप भयो।

त्यतिखेर मेयरको टाउकोमा चोट लागेको थियो।

राहत वितरणमा युवामाथि कुटपिट

कोरोना महामारीका कारण गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनमा देशभरका स्थानीय तहहरूले राहत वितरण गर्दै थिए। चापाकोट नगरपालिकाले प्राथमिकताका साथ राहत वितरण गरिररहेको थियो।

राहत वितरण गर्न मेयरसँगै गएका युवाको समुहले चापाकोट ६ का सुमन विकलाई कुटपिट गरेर घाइते बनाएको थियो। थाहाखबरबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’