पर्वतमा समुदायमा कोरोना संक्रमण देखिएन, नमुना परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ

पर्वत /पर्वतमा समुदायमा संक्रमणको अबस्था बुझ्न गरिएको ‘कम्युनिटी स्कृनिङ टेष्ट’ मा सबैको रिर्पोट नेगेटिभ आएको छ ।
पर्वतको सदरमुकाम कुस्माबजारमा सबैभन्दा जोखिममा रहेको क्षेत्रमा गरिएको नमुना परिक्षणमा नेगेटिभ रिर्पोट आएपछि समुदायस्तरमा कोरोना संक्रमण नदेखिएको हो ।

कुस्माबजारका बिभिन्न क्षेत्रमा पेशा, ब्यबसायमा संलग्न ४२ जनाको श्वाब परिक्षण गर्दा नेगेटिभ रिर्पोट आएको जिल्ला संकट ब्यबस्थापन केन्द्र(डिसिसिएमसी)का प्रमुख तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । यातयात मजदुर, कपाल काट्ने सैलुन, तरकारी, फलफुल पसल, ट्याक्सी चालक र यातयात मजदुर, ग्यारेजमा काम गर्ने मजदुर, सञ्चारकर्मी, किराना पसल सञ्चालकहरुको श्वाब लिइएको थियो ।

‘कोरोना संक्रमणको सबैभन्दा जोखिममा रहेको क्षेत्रबाट लिएको नमुना परिक्षण गर्दा नेगेटिभ आउनुले तत्काल समुदायमा कोरोना संक्रमण छैन भन्ने देखिन्छ।’ उहाँले भन्नुभयो ‘हामी कसरी सुरक्षित रहन सक्छौ भनेर रहेक नागरिकले सर्तकता अपनाउन जरुरी छ।’
मुलुकका बिभिन्न ठाउँमा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि पर्वतमा पनि समुदायमा संक्रमणकोे अबस्था बुझ्नका लागि कुस्माबजारमा ‘कम्युनिटी स्कृनिङ टेष्ट ’ गरिएको हो ।

जिल्ला संकट ब्यबस्थापन केन्द्र(सिसिएमसी)समुदायमा संक्रमणको अबस्था बुझ्नका लागि पनि ‘कम्युनिटी स्कृनिङ टेष्ट ’ गर्ने निर्णय भएको थियो ‘सबै तिर संक्रमण देखिएका कारण जिल्लाको अबस्था बुझ्नका लागि पनि ‘कम्युनिटी टेष्ट स्कृनिङ’ गर्न आबश्यकता महसुस गरेका थियौ।’ स्वास्थ्य कार्यालयका प्रबक्ता ‘यसको रिर्पोट आएपछि हाम्रो जिल्लाको वास्ताबिकता बाहिर आउँछ।’

सिसिएमसी पर्वतले कुस्माबजारमा पेशा ब्यबसाय गर्ने, यातयातका साधन सञ्चालन गर्ने, सञ्चार क्षेत्र, सवारी साधन मर्मत गर्ने ग्यारेजका मजदुर लगायतलाई परिक्षण गर्ने निर्णय गरेको थियो । जिल्लामा सङ्क्रमितहरुको संख्या १ सय ३ जना रहेको छ । जस मध्ये ९८ जना डिस्चार्ज भएका छन भने उपचारको लागि आइसोलेसनमा राखिएकाहरुको संख्या ५ रहेको छ। अहिले सम्म पर्वतमा जिल्लामा तेस्रो मुलुकबाट आउने र केही कन्ट्रयाक्ट टे«सिङ्गका क्रममा संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’