पर्वतमा युवाहरुले गठन गरे समाजबाद अध्ययन प्रतिष्ठान, अध्यक्षमा आचार्य

पर्वत, साउन २५ /प्रजातान्त्रिक बिचारधारा र समाजबादको विषयमा बहस, पैरवी र अध्ययनका लागि पर्वतमा प्रजातान्त्रिक बिचारधारा बोक्ने युवाहरुले ‘समाजबाद अध्ययन प्रतिष्ठान’ गठन गरेका छन । पर्वतका सात वटै स्थानीय तहका यूवा प्रतिनिधीको शनिबार भएको भेलाले राजुप्रसाद आचार्यको अध्यक्षतामाा प्रतिष्ठानको तर्दथ समिति गठन गरेका हुन ।

नवगठित तर्दथ समितिको उपाध्यक्षमा निर्दोष लामिछाने, सचिवमा राजिव रिमाल, सहसचिवमा ठाकुर रसाईली , कोषाध्यक्षमा मूना शर्मा लामिछाने रहनुभएको छ । सदस्यहरुमा सुरेन्द्र केसी, दिपेन्द्रजंग लामिछाने, सन्तोष पाठक, याम परियार शिव, साजन परियार, नविन जिसी, शिशिर शर्मा पौडेल, सविता पौडेल, गिता गिरी र जानकी प्रधान रहनुभएको छ । नेता कायकर्ताहरुमा गुट उपगुटका मात्रै छलफल हुने तर बिचार, निति तथा कार्यक्रमका बारेमा खुलेर छलफल गर्ने ठाउँको अभाब महसुस भएकाले प्रष्ठिनान गठन गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । युवा पुस्ता बढी गुट उपगुटमा रमाउने र बिचार बिहीन जमात बन्ने खतरा देखिदै जाँदा यसको आबश्यकता महसुस भएको उहाँको भनाई छ । प्रजातान्त्रिक बिचारका बारेमा अध्ययन गर्ने पुस्तक समेत रहने गरि एक पुस्तकालय स्थापना गर्ने देखि सामाजिक सन्जाल मार्फत समेत विचारलाई प्रचार गर्ने प्रतिष्ठानको उदेश्य रहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’