दुर्घटनामा ज्यान गुमाएका भलिवल खेलाडी बिजय नेपालीको परिवारलाई १ लाख आर्थिक सहयोग

पर्वत ,साउन २५/ पर्वतको मोदी गाउँपालिकामा सामाजिक सेवामा सक्रिय पार्वती युवा क्लवले केहि दिन अघि ट्याक्टर दुर्घटनामा परि ज्यान गुमाएका युवाको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहार स्थित रातमाटामा भएको ट्याक्टर दुर्घटनामा परि क्लवका सदस्य तथा भलिवल खेलाडी मोदी-५ का २१ वर्षिय बिजय नेपालीको ज्यान गएको थियो । उनि ट्याक्टरको सह-चालकको रुपमा कार्यरत रहेका थिए ।
क्लवले पिडित परिवारको घरमै पुगेर पाँचौ दिनको पुण्य तिथिमा शोक सभा समेत आयोजना गर्दै सहयोग रकम हस्तान्तरण गरेको हो । शनिवार मृतकको घरमै पुगेर क्लवले रु १ लाख रुपैया आर्थिक सहयोग हस्न्तान्तरण गरेको जनाएको छ ।
मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले उक्त रकम पिडित परिवारलाई हस्नतान्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले बिजय नेपाली एउटा कुशल खेलाडी र सामाजिक युवा भएको स्मरण गर्दै उनको निधनले समाजलाई ठुलो नोक्सानी पुगेको बताउनुभयो । बिजय नेपालीलाई क्लवले सँधै स्मरण गर्दै उनका सपनाहरुलाई साकार पार्नका लागि थप सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल रहन अध्यक्ष पौडेलले आग्रह गर्नुभयो । उहाँले शोक सन्तप्त परिवारजनमा समवेदना समेत दिनुभएको थियो ।
कार्यक्रममा पार्वती युवा क्लवका अध्यक्ष समिर मल्लले बिजयलाई अल्पायुमै गुमाउनुपरेको बताउँदै उहाँको निधनले क्लव तथा सिङ्गो खेलकुद क्षेत्रमा अपुरणिय क्षति पुगेको बताउनुभयो । बिजय नेपाली अब क्लवमा नरहेपनि उनको योगदानलाई सँधै स्मरण गरिने बताउँदै अध्यक्ष मल्लले शोकको घडिमा परिवारजनलाई थोरै भएपनि राहत मिलोस भनेर रु १ लाख सहयोग गरिएको बताउनुभयो ।
शोक सभाको संचालन क्लवका सचिब विज्ञान हमालले गर्नुभएको थियो । क्वले विभिन्न पर्वहरुमा मेला समेत आयोजना गर्दै आएको छ भने सामाजिक सेवामा समेत सक्रिय रहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’