आर्थिक सहयोग गरेर जन्मदिन मनाए पौडेलले

पर्वत, साउन १०/पर्वत उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष तथा रेडियो कुसुमका अध्यक्ष ठाकुर बि पौडेलले आफ्नो जन्मदिनमा बिभिन्न ब्यक्ति तथा संस्थालाई आर्थिक सहयोग गरेका छन ।
जन्मदिनलाई रचनात्मक र मानवीय सहयोग गरि मनाउने क्रममा उपाध्यक्ष पौडेलले मृगौला पिडित तथा पर्वत जिल्ला अस्पताललाई आर्थिक सहयोग गरेका हुन ।

उक्त अवसरमा पौडेलले मृगौला रोगबाट पिडीत पर्वतको महाशिलाकी सुनसरी सुनार, फलेबास नगरपालिकाका गणेश श्रेष्ठलाई प्रति ब्यक्ति ५ हजार र पर्वत अस्पतालले स्थापना गरेको विपद व्यवस्थापन कोषका लागि ६००० सहयोग गरेका छन । जन्मदिनलाई थोरै भएपनि रचनात्मक रुपमा मनाउने उद्देश्यले आर्थिक सहयोग गरेको पौडेलले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा पर्वत अस्पताल व्यवस्थापन समितीका अध्यक्ष गोविन्द पहाडी, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले अध्यक्ष पौडेललाई जन्मदिनको सुभकामना दिदै आफ्ना भनाई राखेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’