पर्वतको महाशिलामा अपाङ्गता भएकी बालिकालाई बलात्कार आरोपमा दुई बालक पाक्राउ

पर्वत ,साउन ६ / अपाङ्गता भएकी १६ बर्षिया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले १२ बर्ष र १४ बर्ष उमेरका दुई बालकलाई नियन्त्रणमा लिएको छ । अपाङ्गताको फाइदा उठाउँदै बालिकालाई जबर्जस्ती करणी गरेको पिडित बालिकाका आफन्तहरुले प्रहरीलाई जानकारी दिएपछि साउन १ गते दुई बालकलाई पक्राउ गरेको हो ।
पक्राउ पश्चात् स्वास्थ्य परिक्षणका क्रममा पिडित बालिका ४ महिने गर्भवती भएको खुलेको छ । मानसिक रुपमा अपाङ्गता रहेकी बालिका अहिले परिवारकै आफन्तहरुको संरक्षणमा रहेकी छिन् भने आरोपित दुई बालकहरुलाई जिल्ला प्रहरी कार्यालय पर्वतले करणी कसुरमा जबर्जस्ती करणी अन्तर्गत ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
गत असार महिनामा बालिकालाई जबजस्ती करणी गर्न खोजेको बालिकाकी आमाले देखेपछि तिनै बालकहरुलाई लखेटेकी थिइन् । तत्पश्चात् छोरी विरामी पर्दै गएपछि आमाले गाउँमा अन्य व्यक्तिहरुलाई खबर गरेपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’