गण्डकी प्रदेशका मन्त्री लम्साल चढ्न थाले इलेक्ट्रिक कार

पोखरा साउन ५ /गण्डकी प्रदेशमा पहिलो पटक सरकारीतवरमा इलेक्ट्रिक कार खरिद गरिएको छ ।

उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयले खरिद गरेको कार मन्त्री विकास लम्साल आइतबार देखि उक्त कार चढ्न शुरु गर्नुभएको छ ।

उक्त कार चढेर प्रदेश सभामा आउनु भएका मन्त्री लम्सालले गाडीले धुवा नफाल्ने भएकाले वातावरण मैत्री गाडी भएको र अरु गाडीको तुलनामा विद्युतीय गाडीमा चाल्न्रे इन्जिन कम हुने भएकाले बिग्रेको खण्डमा मर्मत शुल्क पनि कम पर्ने भएकोले पनि इलेक्ट्रिक कार उपयुक्त हुने बताउनु भयो ।

५६ लाखमा खरिद गरिएको हुन्डाईको कोना कार पहिलाकै मुल्यमा प्राप्त भएको मन्त्रालयले जनाएको छ । अहिले संघीय सरकारले इलेक्ट्रिक गाडीमा कर बढाएकोले कोना कारको मुल्य झण्डै दोब्बर हुने बताइएको छ । एक पटक फुल चार्ज गरेपछि ३ सय किलोमिटर सम्म गुड्ने बताइएको छ । गण्डकी प्रदेशको कास्की, तनहँु र पर्वतमा इलेक्ट्रिक कार चार्जिङ स्टेशन निर्माण भइसकेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’