पर्वतका रेग्मीको पोर्तुगलमा निधन , भिसा लागेका कलिला छोराछोरीले पनि भेट्न पाएनन्

लिस्वन , साउन ५ । पर्वतको पाखापानी घर भै पोर्तुगलमा कार्यरत एक नेपालीको निधन भएको छ । लुङ्गेरिया बस्दै आएका पर्वतका रमेशबहादुर रेग्मीको आइतबार बिहान निधन भएको हो ।

गैरआवासीय नेपाली संघ एनआरएनए०, राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरेका अनुसार रेग्मीको हृदयघातका कारण निधन भएको हो । ४२ वर्षीय रेग्मी विगत पाँच वर्षदेखि पोर्तुगल बस्दै आएका थिए । रेग्मी पर्वतको महाशिला गाउँपालिका वडा नं ४ पाखापानीको पुर्णगाउँका बासिन्दा हुन ।

‘घरबाट एम्बुलेन्सले उदिमेरा अस्पतालका पुर्‍याइएका अचेत रेग्मीलाई चिकित्सकले निधन भएको पुष्टि गरेका थिए । नेपालमा उनको श्रीमतीसहित १२ वर्षीय छोरा र ७ वर्षीय छोरी रहेका छन् । श्रीमतीसहित छोरा छोरीको भिसा लागिसकेकोमा कोरोनाका कारण पोर्तुगल आउन पाएका छैनन् ।

अध्यक्ष गैरेले नेपालमा मृतकका परिवारसँग घटनाबारे जानकारी गराइसकेका छन् । उनको अन्तिम संस्कारबारे टुङ्गो लागिसकेको छैन । यद्यपि कोरोना महामारीका कारण पार्थीव शरीर नेपाल पठाउन अवस्था प्रतिकूल रहेको छ । पोर्तुगलमा २०१० यता ३८ नेपालीले ज्यान गुमाइसकेका छन् । नमस्तेनेपालीबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’