युबाका आँखामा जननेता मदन भण्डारी

६९ औ जन्मजयन्ती बिशेष


-बिक्रम मल्ल

नेपालको बामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका शिखर ब्यक्तित्व जननेता मदन कुमार भण्डारीको ६९ औ जन्मजयन्ती सप्ताहब्यापी रुपमा मनाउन गैरहेको अबस्थामा मदन भण्डारी फाउन्डेसन महाशीला गाँउ कमिटी पर्बतले पनि बिभिन्न कार्यक्रम गर्न नसकेता पनि ६९ औ जन्मजयन्तीको अबसरमा जनताको बहुदलीय जनबादका कार्यक्रमलाई अगाडि बढाउने संकल्प गरेका छौ । जनताको बहुदलीय जनबादका प्रर्बतक जननेता मदन भण्डारी नेपाली जनताका आँखाका नानी हुनुहुन्छ । नेपाली शोषितपीडित जनता र नेपाल राष्ट्रको मुक्तिका निम्ति उहाँ सक्रिय रहनु भएको अबस्थामा हामीबाट उहाँलाई अलग्याइयो वा समग्र न्यायप्रेमी जनसमुदायलाई आँसुको आहलमा डुबाईयो । यतिखेर हाम्रो माझ हुनुहुन्न,तर उहाँले छाडेर जानु भएको नेपाली क्रन्तिको मौलिक सिद्दान्त हामी संग छ । उहाँप्रति श्रद्दाको शिर निहुराँउदै असंख्यक जनताले त्यस मार्ग निर्देशक सिद्दान्तलाई पछाईरहेका छन । घमाइलो विहानीको शुभसङ्खेत मानिने नयाँ युबापुस्ताले झनै महत्वाको रुपमा हेर्नै पर्ने देखिन आएको छ ।
समकालीन राजनीतिमा मदन भण्डारीको भुमिका अग्रणी छ । नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिबेसनबाट प्रतिपादित नेपालको साम्यबादी आन्दोलनलाई बैचारिक मार्गदर्शन गरिरहेको “जनताको बहुदलीय जनबाद” कम्युनिष्ट आन्दोलनको नयाँ आयम मात्र होइन,माक्र्सबादको नेपाली समाज र यहाँको समग्र बस्तुस्थिति सुहाउँदो सिर्जनात्मक प्रयोग पनि हो । यही कारणले गर्दा आज यो छोटो समयमा नै जनताको बहुदलीय जनबादले नेपाली राजनीतिमा सैद्घान्तिक तथा प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र संबिधान निर्माण स्थानिय सरकार, प्रदेश र संघको स्थापना भै कार्य संचालनमा आएको छ ।


लेखकः


१.युबाको आँखामा मदन भण्डारी
अहिलेको परिबेशमा युबा पंक्तिले बुझ्नै पर्ने, क्रन्ति निमार्ण हो,बिध्वंस होइन । युबा बर्गले विध्वंसात्मक क्रियाकलापमा संलग्न रहने होइन, खोज—अनुसन्धान,निमार्ण,उत्पादन र विकासमा जोडिनुपर्छ । अनन्त सम्भाबनाका धनाढ्यका प्रतिक युबा—विधार्थी समुदायप्रति लक्षित रहदै “युगले ब्यक्तित्व निमार्ण गर्ने होइन, ब्यक्तित्वले युगको निमार्ण गर्नुपर्छ” भन्ने मदन भण्डारी, युगका संबाहक शक्ति—युबा बिधार्थीहरुले कसरी बढी भन्दा बढी सिर्जनशील बनेर समाजमा योगदान गर्न सक्छन् र देशको मुहार फेर्ने कामको भरपर्दो अग्रणी शक्ति बन्न सक्छन् भन्ने सबालमा युबा तथा बिधार्थी समुदायको भुमिका खोज्नुहुन्थ्यो तर अहिले कतै ओझेलमा पर्न आएको त होइन भन्ने प्रश्न उब्जिएको छ ।
२. माक्र्सबादका सिर्जनात्मक र मौलिक प्रयोक्ता
माक्र्सले प्रतिपादन गरेको विचारलाई हतियार बनाएर संसारमा थुप्रै साम्यबादी महाक्रन्तिहरु भए । ती क्रन्तिहरुले विजय प्राप्त गरेको हुँदा कतिपय कम्युनिष्टहरुले सोही शैली अबलम्बन गर्नुपर्नेमा जोड दिन थाले भने कतिपय त केबल सिद्घान्तका पुजारी मात्र भए तर कमरेड मदन भण्डारीको आँखामा ती दुबै शैली गलत थिए । “क्रन्ति न त सिद्घान्तको रक्सी पिएर गल्लीगल्लीमा मात्तिदैमा सफल हुन्छ न त कसैको अन्धानुकरणबाट ।” यस्ता रचनात्मक र सिर्जनात्मक विचारधारा बोकेका कमरेड मदन भण्डारी “सिद्घान्तको निम्ति जीबन होइन,जीबनका निम्ति सिद्घान्त” भन्ने कुरामा जोड दिनु हुन्थ्यो । बिदेशी जुत्ताको नापअनुसार खुट्टा काट्ने गलत विचारलाई देशभक्तको असीम मायाले ओतप्रोत हृदयबाट कुचो लगाँउदै कमरेड मदन भण्डारीले नेपाली माटो सुहाँउदो मौलिक नेपाली क्रन्तिको खाका तयार पार्नु भयो । सर्बहारा शालीनतालाई आफैले जीबनमा चरितार्थ गर्दै नेपाली माटोमा साम्यबादी महाअभियानको बीउ छर्नु भयो—‘जबज’ अर्थात जनताको बहुदलीय जनबाद ।
जबज मदन भण्डारीद्घारा प्रतिपादित बैचारिक सिद्घान्त हो । जसलाई विश्वा साम्यबादी आन्दोलनको क्षेत्रमा एउटा ऐतिहासिक उपलब्धिका रुपमा मानिएको छ । सिद्घान्तको रुपमा स्वीकार गरिएको नेपाली क्रन्तिको मौलिक कार्यक्रम पनि हो जबज । कम्युनिष्टहरुप्रति सामन्ती—पँुजीबादीहरुले लगाउँदै आएका आक्षेपहरु—कम्युनिष्टहरु एकदलीय ब्यबस्थाबादी,एकाधिकारबादी एबम् निरङ्कुश हुन्छन भन्ने जस्ता भ्रमलाई निषेध गर्ने जनताको बहुदलीय जनबादले विश्व कम्युनिष्ट आन्दोलनमै एउटा ठुलो हलचल ल्यायो । जनताको बहुदलीय जनबादका १४ बिशेषता यस प्रकार रहेको छ । १ बहुलबादी खुला समाज २ बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली ३ आबधिक निर्बाचन ४ बहुमतीय सरकार र अल्पमतको प्रतिपक्ष ५ जनताको जनबादी ब्यबस्थाको सुदृढिकरण ६ विदेशी पुँजी र प्रबिधिको ब्यबस्थापन ७ नेतृत्व र अधिनायकत्व ८ संबिधानको सर्बोचता ९ शक्ति पृथकीकरणको शिद्घान्त १० मानब अधिकारको रक्षा ११ कानुनको शासन १२ क्षतिपुर्ति १३ बिदेश नीति १४ जनताको बहुदलीय जनबाद परिभाषित जबज नेपाली क्रन्तिको मौलिक विशिष्टतामा आधरित भई कार्यनिर्देश गर्ने सिद्घान्त पनि हो ।
३.विश्व कम्युनिष्ट आन्दोलनमा मदन भण्डारी
कम्युनिष्ट आन्दोलनले विश्वब्यापी रुपमा नै धक्का खाएको कठिन समयमा उनले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका लागि खेलेको भुमिका अतुलनिय छ । नेपाली माटोमा माक्र्सबादको सिर्जनात्मक प्रयोगको सफल इतिहास रचेका कमरेड मदन भण्डारीको अन्र्तबार्ता चरम पँुजीबादी देश अमेरीकाको प्रसिद्घ पत्रिका न्युजविकले सन १९९१ म्ो २७ को अंकमा छाप्यो कि नेपाल जहाँ कार्ल माक्र्स जीबित छन भन्ने शिर्षकमा । यो नेपालीहरुले गौरब गर्नलायक कुरा थियो । सामन्तबाद बिरोधी आन्दोलनका अगुवा मदन प्रजातान्त्रिक गणतन्त्रका प्रबल दाबेदार र सार्थक निष्कर्षमा पु¥याउन सक्ने नेता हुनुहुन्थ्यो ।
४.राजनीतिक दुरदर्शिता
बि.सं.२०४६ को जनआन्दोलनबाट स्थापित बहुदलीय प्रजातन्त्र समग्र लोकतान्त्रिक शक्तिहरुको विचको परस्पर एकता र सद्भाबबाट मात्र सम्भब भएको थियो । तर आन्दोलन पश्चात हाबी भएको पार्टीबादी सोचका कारण सो एकताको यात्राले लामो दुरी पार गर्न सकेनन् । त्यस्तो जटिल परिस्थितिमा पनि प्राप्त प्रजातान्त्रिक उपलब्धीहरुलाई संस्थागत गर्न लोकतान्त्रिक शक्तिहरुबीच सहकार्य हुनुपर्ने मान्यता राखेका थिए कमरेड मदनले । उनको यस बैचारिक मान्यतालाई देशका प्रमुख राजनीतिक शक्तिहरुले नजरअन्दाज गर्दा देशले कुन बिकराल परिस्थितिको सामना गर्नु प¥र्यो, त्यो सबैसामु छर्लङ छ घाम र जुनसरी । अन्त्यमा देशका सम्पुर्ण राजनीतिक शक्ति पुन एकिकृत भएर दोस्रो जनआन्दोलन मार्फत ऐतिहासिक उपलब्धीहरु हसिल गरे । यो मदन भण्डारीको राजनीतिक दूरदर्शिता नै हो भनेर ठोकुवा लगाउन सकिन्छ । त्यसै गरी नेपाल अधिराज्यको संबिधान २०४७ लाई आलोचनतत्मक सर्मथन गर्दै त्यसमा राखेका असहमतिका २७ बुँदालाई १७ बर्ष पछि पुनस्र्थापित प्रतिनिधि सभाले घोषणाको रुपमा आत्मसाथ गर्नु, दशौ बर्षपछि चालिएको निरङ्कुश शाही कदमहरुको पुर्बसङकेत मदन भण्डारीले उहिलै पाएर अघि सारेका ती २७ बुँदा पढ्दा उनको दूरदर्शितालाई स्पस्ट रुपमा बुझ्न सकिन्छ । यही बिगतको राजनीतिक तथ्यलाई आधरमानि अहिलेको सरकारका सम्माननीय प्रधानमन्त्री नेकपा (नेकपा) अध्यक्ष तथा जनताको बहुदलीय जनबादका अनुययी क के पी ओली ले सत्तरी बर्ष पहिला गुमाएको भुमि कालापानी लिपुलेक र लिपियाधुरा सहित नेपालको नयाँ नक्सा जारी गर्नु पनि एक महत्वपुर्ण राष्ट्रको कदम हो ।
५.सिर्जनात्मक ब्यक्तित्व
एक भौतिकताबादी माक्र्सबादी मात्र थिएनन् उनी बहुआयमिक ब्यक्तित्वका धनी पनि थिए । उनी एक सफल राजनीतिज्ञ मात्र नभएर एक जनबादी साहित्यकार,गीतकार,लेख,बिचार र दर्शनका रचयिता अनि एक कबि पनि थिए । बि सं २०४७ चैत्र ५ गते चुनाबी अभियानमा “ मदन भण्डारी कृष्ण प्रसादसंग मात्र होइन, आफुलाई निकै लोकप्रिय र विष्णुको अबतार ठान्ने राजा बिरेन्द्र पनि श्रीपेच खोलेर आँउछन भने मदन भण्डारी राजासंग प्रतिस्पर्धा गर्न तयार छ ।” राष्ट्रियताको सवालमा युबाको आँखामा मदन भण्डारीसंग थियो र त्यो आज एक कदम अगाडि बढेको दिन ।
६ जनजीबिकाको सबालमा मदन भण्डारी
मदन भण्डारी एक साधरण नेपाली जनताका छोरा थिए । गरीब किसान र मजदुरका भित्री पीर ब्यथाहरु उनले नजिकैबाट जान्नेबुझ्ने मौका पाएका थिए । जनजीबिकाको सवालमा उनले देखाएका बाटहरु र उनका दृष्टिकोण जस्तै भूस्वामित्वको रक्षा, सर्बहारा मजदुर किसानबर्गको हकहित संरक्षणका लागि बर्गसम्झौताको नीति लाद्न नहुने, सामन्तहरुसंग गठबन्धन गर्न नहुने आदि कुराहरुले गर्दा पनि प्रतेक नेपाली युबा हृदयमा मदन भण्डारी एक सच्चा देशभक्क्त, जनबादी जननेताको रुपमा सफल भएका छन्।
७ बर्तमान ब्यबस्था बहुदलीय जनबादी ब्यबस्था होइन मदन भण्डारी
नेपालमा अहिले बहुदलीय ब्यबस्था कार्यन्वयन चरणमा स्थापित हुदै आएको छ । यसै ब्यबस्थालाई नै बहुदलीय जनबाद हो भन्ने, ठान्ने भ्रम पनि कतिपय ब्यक्तिहरुले अनाबश्यक बिश्लेषण गरेको पाइन्छ । यसबेला राजनीतिक पार्टीहरु खोल्न पाउने, आफ्ना विचार र कार्यक्रमको आधरमा निर्बाचनमा भाग लिन पाउने, बहुमत पाएर बिजयी पार्टीले सरकार गठन गर्ने र अल्पमतमा रहनेले बिपक्षको भुमिका खेल्ने अधिकार र ब्यवस्था बर्तमान संबिधानले गरेको छ । यो निश्चय पनि बहुदलीय ब्यबस्था हो तर प्रतिगामी ब्यबस्था पनि हो । बहुदलीयतालाई सर्मथन गर्दै, त्यसलाई प्रयोग र उपयोग गर्दै जनबाद स्थापित गर्ने र सर्घष अगाडि बढाउने हो तर प्रतिगामी अर्ध सामन्ती एबं अर्ध उपनिबेशी ब्यबस्थालाई सर्मथन गर्दैन बर्तमान बहुदलीय ब्यबस्था र बहुदलीय जनबादी ब्यबस्था बीच कुनै भेद नदेख्नु क्रान्तिकारी दृष्टिकोणलाई त्यागेर सुधारबादमा फस्नु हो । जनबाद भनेको वास्तविक अर्थमा जुन अर्थमा हामी प्रयोग गरीरहेका छौ त्यो सामन्तबाद साम्राज्यबाद विरोधी ब्यबस्था हो । अहिले हाम्रो देशमा सामन्तबाद साम्राज्यबादको उन्मुलन भएको छैन । बरु तिनीहरुलाई उन्मुलन गर्नकै निम्ति सर्घषलाई जारी राख्नु र अघि बढाउनु परेको छ । त्यस्तो स्थितिमा आजको ब्यबस्थालाई पनि जनबाद भन्नु जनतालाई भ्रममा पारेर प्रतिक्रियाबाद र सुधारबादको सेबा गर्नुबाहेक अरु हुन सक्दैन । एउटा राजनीतिक प्रणाली, सरकारको गठन र संचालन गर्ने ब्यबस्थाको रुपमा बहुदलीय ब्यबस्था कायम भएको छ तर यो अर्धसामन्ती, अर्धउपनीबेशी जस्तो प्रतिगामी आधरमा उभिएको छ । यस आधरलाई नतोडिकन जनबाद आउन सक्दैन । त्यसकारण हामीले भनेको बहुदलीय जनबाद सामन्तबाद साम्राज्यबाद बिरोधी आर्थिक, सामाजिक,साँस्कृतिक आधरमा उभिएको समाज ब्यबस्था हो । बहुदलीय राजनीतिक प्रणली सहितको नयाँ जनबाद हो । यसै सन्र्दभमा अब मदन भण्डारीले अगाडि सार्नुभएको जनबाद सम्बन्धी बिभिन्न कार्यक्रमलाई अगाडि बढाउने गतिमा जानुपर्ने समय आएको छ ।
अन्तयमा आज एउटा नराम्रो सोचको बिकास भएको छ । लोकतन्त्र चाहिनेलाई क्रन्तिकारी परिबर्तन वा सामाजिक रुपान्तरण नचाहिने, क्रान्ति चाहिनेलाई लोकतन्त्र नचाहिने अबस्थामा राष्ट्रले सामाजिक रुपान्तरण सहितको लोकतान्त्रिक कार्यदिशा समात्न सकेमा जननेता मदन भण्डारीको ६९ औ जन्मजयन्तीको सही सम्झना गरेको ठहरिनेछ । अतःहामी उहाँको आर्दशलाई पछ्याऔ । देशलाई सबल र सक्षम बनाऔ ।
लेखकः मदन भण्डारी फाउन्डेसन महाशीला गाँउकमिटी पर्बत अध्यक्ष

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’