नेपालमै आएर शिक्षा र साहित्य क्षेत्रमै अझै केही राम्रो गर्ने बिचार छ: अनु शाह

सन् १९९८ मा उच्च शिक्षाका लागी अमेरिका प्रबेश गरेकी गीतकार तथा साहित्यकार अनु शाह स्वर्गिय बुवा लालबिक्रम शाह र आमा दया देबि शाहकी प्रथम सन्तानको रुपमा काठ्माण्डौको सितापाईलामा जन्मिनु भएको हो । अमेरीकाको नर्थ वेस्टर्न बिश्वबिध्यालय बाट बाल मनोबिज्ञानमा स्नातकोत्तर पुरा गर्नुभएकी उहाँका अन्जु पन्त, सत्य-स्वरुप, राज सागर, रामचन्द्र काफ्ले, मेलीना राई, रजिना रिमाल, राजेशपायल राई, जगदिश समाल, सिडी बिजय अधिकारी लगायतका थुप्रै नाम चलेका गायक-गायिकाको स्वर र बरिष्ट संगीतकार सम्भुजित बास्कोटा, हरि लम्साल, श्रीकृष्णबम मल्ल, महेश खड्का, नारायण सुबेदी र किरण कडेल लगायतका संगीतकारहरु द्वारा संगीतबद्व २ सय भन्दा बढी नेपाली गीतहरु रेकर्ड भैसकेका छन् । अन्जुली, अनुराधा, जे मन लाग्छ गरे हुन्छ र पानिको फोका उहाँका एकल गीती एल्बमहरु हुन् ।

गीत, संगीत र साहित्य प्रेमी स्रोता-दर्शकका लागी अनु शाह अपरिचित नाम होईन । कुनै समयमा राष्ट्रिय नाँच घरमा नाटक प्रस्तुत गर्ने देखी रेडियो नेपाल र रंगमन्चमा अभिनय गरेकी उहाँ अहिले पनी बिभिन्न साहित्यिक बिधामा कलम चलाउदै आउनु भएको छ । लेखन बिधामा मात्र नभै अभिनयमा पनि उत्तिकै रुचि राख्ने उहाँका २ दर्जन बढी म्युजिक भिडियो तयार भैसकेका छन, जसमध्य धेरैमा उहाँ आफै मोडलको रुपमा अभिनय गर्नु भएको छ । केही बर्ष अगाडी प्रदर्शनमा आईसकेको ऐतिहाॅसीक चलचित्र भिमदत्तमा सह-निर्मात्री रहनु भएकी उहाँका ‘सुक्का मानो’ र ‘उफ्फ यो मन’ नामका नेपाली चलचित्र प्रदर्शनको तयारीमा छन् भने ‘सिमलको फुल’ निर्माणको क्रममा छ ।

साहित्यकार शाहले नेपाली भाषा साहित्यमा मात्र नभै हिन्दी, अंग्रेजी, नोवारी र मैथली भाषामा पनि थुप्रै गीत र कबिता लेख्नु भएको छ । “कम टेक माई ह्याण्ड, ह्वोईन आईएम फिलिंग डाउन…” गायिका सितल मोक्तानले गाएको निकै चर्चित अंग्रेजी गीत हो । साहित्यकार शाह हाल अमेरीकामा बसेर पनी नेपाली समाज र राष्ट्रलाई अत्यन्तै मायाॅ गर्नुहुन्छ । प्रबास बाटै निरन्तर गीत रचना र बिभिन्न साहित्यिक बिधामा कलम चलाई रहनु भएकी उहाॅ थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ-संस्थाहरु जस्तै नेपाल गीतकार संघ, अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र ज्योती साहित्य प्रतिष्ठानमा लाईफटाईम मेम्बर हुनुहुन्छ । रेडियो हिमालयनको गार्जेन मेम्बर पनी हुनुन्छ । साथै उहाॅ देश-बिदेशका थुप्रै मान-सम्मान द्वारा सम्मानित हुनु भएको छ । प्रस्तुत छ बहुमुखी प्रतिभाकी धनी साहित्यकार अनु शाह संग देश दैनिकका लागि बिवेक चन्द ठकुरीले गरेको कुराकानी:

केही समय अघी सरोज खनालको अन्तरबार्ता पढेकी थिए, बुढेसकालमा नेपाल आएर पशुपतीको दाउरा सकाउने भनी तिखो प्रश्न गरेको देख्दा धेरै चित्त दुख्यो । त्यस्तो कदापी होईन ! नेपालमा नेपालीहरुलाई दु:ख पर्दा सबैभन्दा धेरै प्रवासमा रहेका हामी नेपालीहरुको मन दुख्ने गर्दछ र हामीले बिभिन्न माध्यामबाट आर्थिक र भौतिक सहयोग गरिरहेका हुन्छौ । तन जहाँ हाेस् मन नेपालमै हुन्छ ।

यस अन्तरबार्तामा हार्दिक स्वागत छ !

नमस्ते, सम्पुर्ण देश र बिदेशमा छरिएर रहनु भएका प्यारा नेपालीजनहरुमा, साथै यतिबेला कोभिड-१९ को महामारिले बिश्व आक्रान्त बनीरहेको छ । त्यसैले सबै आ-आफ्नो घरमा सुरक्षित साथ बस्नुहोला, धैर्यताका साथ सबैले आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोला । स्टे सेफ भन्न चाहान्छु सबैलाई !

हुन त हजुरका धेरै परिचयहरु बनि सकेका छन, तर पनि म हजुरको ब्यक्तिगत परिचयबाटै सुरु गर्छु । हजुरको परिचय बताईदिनुहोस् न ?

मेरो नाम अनुराधा शाह, साहित्यक नाम (अनु शाह) हो । मेरो जन्म र बाल्यकाल काठ्माण्डौको सितापाईलामै बित्यो । प्लस टु सक्काएपछी उच्च शिक्षाको लागी म अमेरीकामा आए । हाल अमेरीकाको बोष्टनमा सिटीमा बस्छु । एउटा चाईल्ड स्कुलमा शिक्षिकाका रुपमा काम गरिरहेकी छु । मेरो परिचय यत्तिनै हो ( हाँसाे…) !

खुबै मिठो हाँस्नु भयो नी ! हजुरको नाम संसारभरका नेपालीहरुले सुनेका छन, हजुरलाई चिन्छन्, कस्तो लाग्छ यहाँलाई अनु शाह भनेर आफुलाई चिनाउन पाँउदा ?

मलाई एक्दमै खुसी लाग्छ । म सानै देखि कलाकारीतालाई अत्यन्तै माया गर्ने मान्छे, जानेर वा नजानेर यो क्षेत्रमा निरन्तर लागे । हुनत अझ धैरे गर्नु छ मैले, मेरा अग्रज श्रष्टाहरुका अगाडी यो त केही पनी होईन तर पनी जे जति मैले नेपाली गीत र साहित्य क्षेत्रलाई दिन सकेकी छु त्यो एभ्रेजमा म खुसी छु । यही क्षेत्रको कामले त आज मलाई अनु शाह भनी चिन्ने र चिनाउने मौका पाएकी छु । एउटा श्रष्टाका लागी यहीनै ठुलो कुरा होनी हैन र ?

हजुर एउटा अनु शाहलाई गीतकार, कबियत्री, कलाकर्मी, पत्रकार, मोडल, वा चलचित्र निर्मात्री भनी यति धेरै क्षेत्रमा चिनाउन र स्थापीत गराई राख्न गाह्रो हुदैन ?

(हाँस्दै..) लाग्दैन मलाई, किनकी म सानै देखी एउटा कलाकारीतालाई धेरै मायाॅ र सम्मान गर्ने मान्छे हुँ । पारिवारीक रुपमा त मलाई यो क्षेत्रमा लाग्न खासै सपोर्ट भएन, तर पनी म अली जिद्वी स्वाभावकी थिए । मेरो जिद्वीका अगाडी बुवामुवाजीहरुको केही जोड चलेन । म एकाध बर्ष बाहेक प्राय यही क्षेत्रमा निरन्तरनै लागी रहे । यद्धपी अमेरीका आएपछी पनि कतिपए आफ्ना गीतहरुमा आफैले मोडलको भुमिका निर्वाहा गरी अभिनयको प्यास मेटाएकी छु । थाहानै भएनकी मैले जानी नजानी यति धेरै परिचय बनाए, जसलाई मैले अबको बाँकी जिवनमा पनी निरन्तरता दिएर जोगाउनु पर्दछ । त्यस्तो गाह्रो लाग्दैन । बरु चलचित्र निर्मात्री अनुराधा शाह मै अनु शाह हो भनी धेरैले चिन्दैनन् सुरुमा! पछी कुनै कार्क्रममा देख्दा आश्चर्य मान्नुहुन्छ र ओहो! अनुराधा शाहनै तपाॅई अनु शाहजीपो भन्नुहुन्छ । त्यो झन अझैं मज्जा लाग्छ !

अमेरीका जस्तो देशमा हुनुहुन्छ , यस्तो ब्यस्त ठाँउ, जहाॅ काम नगरी बस्ने भन्नेत सवालनै हुँदैन, तर पनी कसरी आफ्नो समय निकाल्नुहुन्छ र गीत, कबिता र गजल लेख्नुहुन्छ ?

हेर्नुहोस यो गीत, कबिता र गजल लेख्ने भन्ने कुरा म लेख्छु भनी लेखीने कुरा होईन रहेछ । म पनी यस्तै सोच्थे! तर मलाई थाहा थियो, मेरो दिल र दिमागको कनेक्सन राम्रो छ र म लेख्न सक्छु भन्ने ! केही कुरा दिमागमा आयोकी नोट गर्न थाल्थे, पछी त्यसैलाई फुर्सदमा बसेर जोड-जाड गरी मिलाउने केही सब्द वा फुर्का जोड्ने मात्र हो । कतै बाटोमा हिडीरहेको वा ड्राईभ गरी कतै जाॅदै गर्दा र बिभिन्न ठाॅउ र परिस्थिती अनुरुप दिमागमा आईरहेको हुन्छ त्यसैलाई नोट गर्ने हो । सायद मलाई यस्तो लाग्छकी प्राय साहित्यकारहरु आफ्ना केही पुस्तकहरु बाहेक अन्य सिर्जनाहरु लेख्छु वा गर्छु भनी गर्दैनन्, त्यस्तै हो मलाई पनी । यो आफै प्रष्फुटीत भएर आउने कुरा हो तर पनी अध्यन साहित्यमा राखेको गहिरो नलेजले धेरै अर्थ राख्दछ !

यहाँ त एउटा चिल्ड्रेन स्कुलमा शिक्षिकाको रुपमा अमेरीकामा काम गरीरहनु भएको छ । बच्चाहरुको बारेमा कहिले गीत, कबिता लेख्नु भएको छैन ?

लेखेको छु, थुप्रै छन । म अलि अब्यवस्थित छु, लेखेका गीत कबिता कति मिसिंग भैरहेका हुन्छन्, केयर गरीरहेकै हुॅदीन । अब सबै समेटेर प्रकाशन् गर्ने बिचार गरेकी छु हेरौं कत्तिको समयले साथ दिन्छ !

पछिल्लो पटक अमेरीका फर्केको पनी धेरै भयो भन्नुहुन्छ, अब नेपाल कहिले आउनुहुन्छ त ?

हेनुहोस् न यो कोरोनाले बर्बाद पार्यो । अप्रील् १५ तारिखको टिकट थियो ! त्यो भन्दा अगाडीनै सबै फ्लाईटहरु बन्द भए । त्यसपछी टिकेट क्यान्सील गरि बसेकी छु । थुप्रै गीत रेकर्डींग र म्युजिक भिडियोको तयारी थियो । कति वटा गीतका बिभिन्न म्युजिसियनहरुले डमी अडियो बनाएर पठाउनु भएको छ । प्रत्यक्ष बसेर आफ्ना क्रियसन कस्ता भए वा कस्ता हुॅदैछन् भनी सुन्न र छलफल गर्न पाएको छैन । सबैले नेपाल बाट पनी सोधीरहनुहुन्छ कहिले आउने भनेर ? अब कहिले यो कोरोनाको महामारी सामान्य अवस्थामा आउछ अनी आउने त होला । अत्यास पनी लागेको छ । मत झन हरेक ३-४ महिनाको अन्तरालमा नेपाल गैरहनु पर्ने मान्छे अहिले १५-१६ महिना भयो कति अत्यास लागेको छ !

तपाँई अमेरिका गएको २०/२२ बर्ष भएछ, नेपाली गीत, संगीत साहित्य बाट टाढा हुन नसक्नुकाे कारण के हाेला ? अब के गर्ने बिचार छ ? त्यतै प्रवासमै बसेर साहित्यको सेवा गर्ने वा नेपालमा आएर केही गर्ने ?

एकदम राम्रो प्रश्न सोध्नुभयो । हो बर्षौ बित्यो यता आएको, सधैं यता त पक्कै पनि बसीन्न होला ! नेपालमै आएर शिक्षा र साहित्य क्षेत्रमै अझै केही राम्रो गर्ने बिचार छ । हामी प्रवासमा हुने नेपालीहरुलाई झन धेरै देशको माॅया र चिन्ता हुन्छ । अमेरीकामा पलायन भएका नेपाली भनी अनेकौ टिका-टिप्पणी गर्ने गरेको सुनेको छु , त्यसले अत्यन्तै मन खिन्न बनाउछ । केही समय अघी सरोज खनालको अन्तरबार्ता पढेकी थिए, बुढेसकालमा नेपाल आएर पशुपतीको दाउरा सकाउने भनी तिखो प्रश्न गरेको देख्दा धेरै चित्त दुख्यो । त्यस्तो कदापी होईन ! हामी पनी रहरले प्रवासमा बसेका छैनौ नी ! फेरी प्रावासमा बसेर पनी कतै न कतै बाट देश र नेपाली जनताको सेवा गरी रहेका छौं क्यारे !

अली भावुक हुदै ! हेर्नुहोस अमेरीकामा मात्र नभै बिश्वका धेरै मुलुकमा नेपाली छन् । नेपाली जहाँ भएपनी यो शरिर मात्र हो । तन, मन त नेपालमै हुन्छ । के हामीलाई रहर छैन होला र आफ्नो घरपरिवार तथा बाबुआमाको साथमा बस्न ? तर पनी मानिसहरुका आ-आफ्नै बाध्यता र बिवस्ता हुन्छन्, तिनलाई तपाँईहरु जस्ता प्रतिष्ठित मिडियाले हल्कारुपमा टिप्पनी गर्दीनु हुदैन । नेपालमा नेपालीहरुलाई दु:ख पर्दा सबैभन्दा धेरै प्रवासमा रहेका हामी नेपालीहरुको मन दुख्ने गर्दछ र हामीले बिभिन्न माध्यामबाट आर्थिक र भौतिक सहयोग गरिरहेका हुन्छौ । नेपालमा कोही पैंसा नभएर उपचार गर्न पाएन, कोही बाढी-पहिरोमा परे, वा अनेकौ दु:ख बिरामी परेका समाचार आउन हुदैन । तुरुन्तै यहाॅ सहयोग रकम जुट्न थाल्छ । कतिले ब्याक्तिगत त कतिले सामुहिक रुपमा सहयोग गरीरहेका हुन्छौ !

म आफै पनी बिभिन्न साहित्यिक समाज, प्रवासी मिडिया र नेपाली समाजहरुमा आवद्व छु । सामुहिक र ब्याक्तिगत मैले पनी धेरै पटक मेरो देश र देशबासीलाई परेका दु:खमा मलम पट्टी लगाउने काम गरेको छु र गरीरहने छु । हो यस्ता कुरा पनी उजागर गर्दिनु पर्यो नी तपाँईहरु जस्ता मिडियाले । राम्रो काम गरेका छौ, यसको जस म वा हामीलाई दिनु पर्छ भनेको होईन । सहयोग जस्तो पबित्र कार्य, हामीले स्वच्छ मनले गरेका हुन्छौ तर पनी हामी प्रवासीका राम्रा काम कसैले देख्दैनन् र अनेकौ टिप्पनी गर्दा दु:ख लाग्छ नी हामीलाई !

हजुर हो नी ! हामीलाई पनी खुसी लाग्छ तपाँईहरुले प्रवास बाट गरेका यस्ता सहयोगका कार्य देखेर ! तपाँईले पुर्याउनु भएको साहित्यिक सेवाको जति स्रहाना गरे पनी हामीलाई कम लाग्छ । अब हामी अन्तरबार्ताको अन्त्यमा छौ । केही छ हजुरलाई आफ्नो मनमा लागेका कुरा भन्नु ?

अन्तमा मेरा प्यारा स्रोता-दर्शकहरुलाई मिठो सम्झना । मेरो फ्यान क्लबमा जोडीनु भएका र कतिपय फेसबुक म्यासेन्जरमा, म हजुरको फ्यान हुँ भनी हजारौले म्यासेज गर्नु भएको हुन्छ । उहाँहरुलाई ब्यक्तिगत रुपमै सबै म्यासेज र कम्मेन्टका रिप्लाई गर्न भ्याएकी हुन्न त्यसमा हजुरहरु कसैले पनी दु:ख नमान्नु होला । तर पनी सबैलाई समेट्ने कोषिश गरीरहेकै हुन्छु । समयको ब्यस्तताले गर्दा कतिपयलाई रेस्पोन्स नगरेको वा ईग्नोर गरेको जस्तो लाग्छ होला, त्यस्तो कदापी होईन । सधै यसरीनै मलाई माँया गर्नुहोला भन्न चहान्छु । हजुरहरु सबैले सधै यसरीनै सल्लाहा र सुझाब दिईरहनुहोला ! हजुरहरुकै माँया, साथ, सपोर्ट र हौसलाले नै मलाई अझै राम्रा गित, गजल र कबिता लेख्न प्रेरणा मिल्ने हो । यति भन्दै यहाॅहरु सबैमा हार्दिक धन्यबाद ! कोरोनाको महामारी छ सबैजना घरमै बस्नुहोला आफु र आफ्नो परिवार अनी समाजको ख्याल गर्नुहोला ! दु:ख सुखमा सबैले सबैलाई साथ दिने गरौ । स्टे हाेम स्टे सेफ …. देश दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’