पर्वतको फलेवासमा रंगशाला निर्माण शुरु

पर्वत,  असार ५ / खेल क्षेत्रको विकासका लागि पर्वतको फलेवास नगरपालिकामा खेलकुद रंगशाला निर्माणकार्य शुरु भएको छ ।
फलेवास नगरपालिका वडा नं. ६ देविस्थान स्थित माझीचौरमा खेलकुद रंगशाला निर्माण शुरु भएको हो । बिहिबार फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले रंगशालाको शिलन्यास गरेर कामको शुरुवात गर्नुभएको हो ।
शिलन्यास कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले यो रंगशालामा स्थानीय स्तरका मात्र नभै राष्ट्रिय स्तरका खेलहरु समेत खेलाउन सकिने स्तरको रुपमा विकास गरिने बताउनुभयो । रंगशालाको लागि सामाजिक विकास मन्त्रालयवाट छुटिएको रु. ३० लाख रुपैयाबाट काम सुरु गर्न लागेको बताउँदै नगरप्रमुख शर्माले यसलाइ समयमै निमाणर् सम्पन्न गराउन नगरपालिकाले अन्य रकमको व्यवस्थापन समेत गर्ने बताउनुभयो ।
उहाँले रंगशाला सँगै फलेवासमा १५ शैयाको सुविधा सम्पन्न अस्पताल बन्न लागेको जानकारी दिनुभयो । त्यस्तै इन्द्राको चौरलाइ बसपार्कको रुपमा बिकास गरिने, देविस्थानको भगवती मन्दिरलाई पुस्तान्तरणको मिलन केन्द्रको रुपमा विकास गर्ने लगायत फलेवासलाइ गण्डकी प्रदेशको ट्रान्जिट पोइन्टको रुपमा विकास गर्नका लागि काम अघि बढाउने योजनाहरु अघि सारिएको बताउनुभयो ।
फलेवास नगरपालिका वडा नं. ६ देविस्थानका वडाअध्यक्ष भोलनाथ भुसालले रंगशाला सम्पुणर् फलेवास बासीको गौरवको आयोजना भएकाले निमाणर् कार्यमा सबैले सक्रिय योगदान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा फलेवास नगरपालिकाका प्रबक्ता टिकाराम गौडेल वडा तथा नगरपालिका सदस्यहरु सुरक्षाकर्मी पत्रकार र स्थानीयबासीको उपस्थिती रहेको थियो ।
फलेवास खेलकुद मञ्चका अध्यक्ष नारायण प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लकास सुबेदीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’