पहिरोले बगाएको आफ्नो गाउँपुग्दा आँसु थाम्न सकिँन

-अशोक पौडेल

बारी खेत जाँदा ओत दिने, तिर्खा लाग्दा पानी खुवाउने, सधै जसो गाउँ जाँदा सन्चो बिसन्चो सोध्ने मगर कान्छा बा (तुलबहादुर थापा), कान्छीआमा (मिना थापा), कमला भाउजू (कमला विक), दिर्पा दिदी (दिर्पा थापा), हाम्रो आँखा अगाडि हुर्किएका बाबु नानीहरु (बिबेक थापा,सम्राट थापा, विविशा थापा, प्रमिशा विक, जेनिस विक (हालसम्म पहिरोमा हराइरहेका)गुमाउँदा सम्पूर्ण गाउँबासी बा, आमा, काका, काकीलाई जस्तै पीडा बोध भयो।

दुर्लुङ गाउँको सुरक्षित मानिएको ठाउँमा नै निर्दयी प्रकृतिले ‘क्लाउड ब्लास्ट’ गरिदयो। जसले गर्दा शनिबार राती आकाश बाटै छहरा बर्सिएपछि घना जंगलले पनि हाम्रो माटो थाम्न सकेन र लग्यो हाम्रा सधै सन्चो बिसन्चो सोध्ने र माया गर्ने बा आामा, दिदी भाउजु, बाबु नानीहरु। बगायो हाम्रा घर, खेत, बारी र खरबारी। बगे हाम्रा बाटोहरु र बन्द भए हाम्रो खानेपानी,बिजुली।

शनिबार राती यस्तो पीडादाई घटना भएदेखि गाउँको रुवाबासी सुनिरहेको म हिजो सम्माननीय राष्ट्रिय सभा अध्यक्षज्यू, माननीय पदम गिरीज्यू सँगै काठमाडौैबाट गाउँ पुगेको थिए। संधै जस्तो खुसी रहेन हाम्रो अम्मर दाई, भाउजु, काइली आमासहित सबै गाउँबासीको रुवाबासी र आँखामा टिलपिल आँसु देख्दा मैले पनि आँसु थाम्न सकिन।
प्राकृतिक विपत्तिले दिएको यो पीडा अब सहनुको बिकल्प छैन। यही प्रकृतिसँग भिड्दै त्यही भूमीमा हामी अझ धेरै संघर्ष गर्नुछ। हामीले यो विपत्तिलाई जित्नुछ।
गाउँमा यो पहिरोले ठूलो पीडा दिएपनि हामी सबै मिलेर अगाडि बढ्नुपर्छ। अन्य बस्तीमा पनि पहिरोको जोखिम रहेको छ। हाम्रा खेत, बारी, खरबारी र कान्ला भत्किएका छन्। यो पीडामा स्थानीय बासीसँगै, हाम्रो सरकार र जनप्रतिनिधिले शिघ्र राहत, पुनर्स्थापना र थप क्षति हुन नदिन आवश्यक कदम चाल्नुपर्छ। यसका लागि सबैको ध्यान जान जरुरी छ।

यस पीडामा देश विदेशमा रहने दुर्लुङबासी, पर्वतबासी र सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबाट ठूलो साथ र सहयोग हुने अपेक्षा गाउँबासीको छ।

यो पीडासँगै अहिले विश्वकै महापीडा बनिरहेको कोरोनाबाट पनि सबै सुरक्षित हुनु आवश्यक छ। त्यसैले धेरै भीडभाड नगरी हामी तंग्रिदै जानुपर्छ।
अन्त्यमा पहिरोमा परि मृत्युवरण गर्नुभएका सबैमा हार्दिक श्रद्धान्जली तथा सम्पूर्ण परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु। हामी सधै साथमै छौं, कसैले एक्लो महसुश नगर्नुहोला।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’