फलेवास नगरपालिकामा मेरो दुई साता

-मिलन पौडेल

नेपालको संविधान २०७२ लागु भएपछि देश ३ तहको संघिय संरचनामा विभाजन भएको छ । स्थानिय जनताको सहमति अनुकुल प्रजातान्त्रिक शासन व्यवस्थाको  कार्यप्रणालि विकास गर्नका लागि स्थानिय तह गठन गरिएको छ । गरिवी, भ्रष्टाचार, कुशासन र अविकास को अन्त्य गर्दै “समृद्घ नेपाल, सुखि र खुशी नेपाली” वनाउने महाअभियानको सुरुआति चरणमै छौ भन्दा अत्युक्ति हुने छैन । यहि अभियानमा हातेमालो गर्दै गरेको फलेवास नगरपालिका पर्वत जिल्लाको मध्यभागमा अवस्थित प्राकृतिक, सास्कृतिक हिसावले सुसर्जित नगरपालिका हो । २०७३ सालमा नगरपालिका घोषणा भए पनि फलेवास नगरपालिकाको सवैजसो भुभाग ग्रामिण क्षेत्रको रुपमा रहेको छ । सोही नगरपालिकामा संयोगवस करिव करिव दुई साता   विताउने सुअवसर प्राप्त भयो । यस अवसरमा यहँ रहदा यहांको भौगोलिक अवस्था, विकास निर्माण को अवस्था, सामाजिक सास्कृतिक अवस्था लगायत अन्य थुप्रै कुराहरु संग घुलमिल हुने मौका मिल्यो ।

कृषि, पर्यटन, पुर्वाधार र रोजगार समृद्व फलेवास सुन्दरताको आधार निर्माण गर्ने परिकल्पना सहित नगरपालिकाले विभिन्न खालका कार्यक्रमहरु संञ्चालन गरेको सुन्दा, देख्दा र पढ्न पाउदा अत्यन्तै खुसि लाग्यो । हुनतः हामि आम मानिस सुरुवातमै परिणाम खोज्ने गर्छौ तर परिणाम तव मात्रै देखिन्छ जव हामिले आंटेका कार्यहरुले मुर्तरुप लिन्छन । जनताले प्रत्यक्ष रुपमा अझै भनौ नगरपालिका भित्र वस्ने आम मान्छेले स्थानिय सरकार भएको महशुस गर्ने गरी, चुलो चुलोमा नगरपालिका पुग्नु पर्छ भन्ने ध्येय ले “क्लिन फलेवास ग्रीन फलेवास” अभियान संञ्चालन गरेको छ यो अत्यन्तै सह्रायिन छ । स्वभाविक रुपमा यसका केहि सकारात्मक त केहि नकारात्मक पक्षहरु छन अथवा होलान तर यसको पवित्र उद्वेश्य माथि खोट लगाउने हिम्मत र आंट मलाई आएन । कार्यान्वयनका चरणमा केहि त्रुटिहरु आएमा सच्चाएर अगाडि वढ्ने हो भने यो सवै स्थानिय तहलाई सिकाईको ठुलो पाठ बन्ने कुरामा कसैको दुईमत रहने छैन ।
फलेवास नगरपालिकाको दोश्रो नगर सभावाट “क्लीन फलेवास ग्रीन फलेवास” को अभियासञ्चालन गर्ने निर्णय गरेको छ । फलेवास नगरपालिका लाई देशकै नमुनायोग्य स्थानिय सरकार वनाउन, नगरपालिका भित्र दुरदराज मा पनि नगरपालिकाको प्रत्यक्ष उपस्थिती होस भनि यहाँ वसोवास गर्ने आम नागरीकको शिक्षा, स्वास्थ्य, सरसफाई लगायत विषयलाई उच्च ध्यानमा राखि उत्पादनका विभिन्न स्रोतहरुको पहिचान गरी रोजगारी सिर्जन गर्ने उदेश्य ले नगरपालिका ले यो अभियानलाई अगाडि बढाएको रहेछ । नगरपालिकालाई मानव तथा अन्य सवै प्राणिहरुका लागि वस्न योग्य वनाउनका लागि यो कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको सुन्दा खुशि लाग्यो । यस कार्यलाई सफलतापुर्वक सम्पन्न गर्न सकेमा फलेवास नगरपालिकाको सर्वाङ्गिण विकासका लागि यो अभियानले ठुलो भुमिका खेल्नेछ ।

अनावश्यक अनुत्पादक वोटविरुवा हटाएर उत्पादनमुलक रुखविरुवा हुर्काउनका लागि आवश्यक वजेट विनियोजन गरी उत्पादनमुलक रुखविरुवाको वृक्षारोपणका काम हरु गरिरहेको रहेछ । किसानहरुलाई विरुवा वितरण संगै प्रोत्साहानका लागि खाल्टोमा अनुदान उपल्व्ध गराउने निर्णय गरीसकेको छ । उल्ल्ेखित कार्यहरु सम्पन्न भईसक्दा विकास निर्माणका क्रममा प्रकृति माथि परेको भार कम गर्न पनि यसले टेवा पुराउनेछ । अर्को तर्फ यस्ता महत्वपुर्ण अभियान हरु सञ्चालन भईरहदा यसलाइ मजाक वनाउने तत्वहरु समाजमा हुन्छन भन्ने कुरा हामिले विर्सनु हुदैन । अभियान सुरु गर्दा मान्छे हरु हांस्ने अभियान नै असफल वनाउन खोज्ने जस्ता क्रियाकलाप हरुलाई निष्कृय वनाई अगाडि वढ्नु पर्दछ । निष्कृय पार्ने एकमात्रै अचुक औषधि हाम्रो इमान्दारिता र लगनशिलता हो ।

विश्वकै जटिल समस्याको रुपमा रहेका नकुहिने प्लाष्टिक जन्य, सिसाजन्य एवं धातुजन्य फोहोरमैलाको उचित व्यवस्थापन गरी सफा र हरियाली फलेवास निर्माणका लागि पहिलो चरणको कार्यक्रम करिव करिव समापन को चरणमा रहेछन । यो कार्यक्रम समापन भईसकेका ठाँउहरुमा फोहोरमैला जथाभावि फाल्ने र पोल्ने कार्यको अन्त्य भइसकेको रहेछ । तर जनताले संकलन गरिरहेको फोहोर छिटो भन्दा छिटो संकलन गर्नु अवको आवश्यकता हो । संकलित फोहोर उठाउन नसकेमा पुरानै अवस्था दोहोरीने छ । टोल टोलमा जनता सँग फाल्नु र पोल्नुको अर्को विकल्प झट्ट हेर्दा अरु देखिदैन । संकलन गर्ने परिपाटिको विकास भइसकेकाले संकलनका लागि अव हामि तयारी अवस्थामा रहनु पर्ने देखिन्छ ।

फोहोर आफैमा फोहोर होइन यसलाई हामिले फोहोर वनाएका हौँ र फोहोर आँफै आउदैन हामिले नै ल्याएका हौं यसलाइ हामिले चाहाना राखेँउ भने अवश्य हाम्रो स्वास्थ्य संगै  वातावरणीय प्रभाव कम गरी व्यवस्थापन गर्न सक्छौ भन्नेमा नागरीक सचेत भएका रहेछन । ग्रीन फलेवास भनेको रुख काट्नु मात्रै हो भन्ने वुझाइमा सुधार आएको छ र एक रुख काटियो भने कम्तिमा दश उत्पादनमुलक रुख रोप्नु पर्ने रहेछ भन्ने सोचको विकास भएको छ । सोहि अनुरुप एउटै वार्ड वाट १७००० विरुवा माग भएका छन । त्यो विरुवा वितरण गरी निरन्तर अनुगमन गर्ने तर्फ नगरपालिकाको ध्यान जानु पर्दछ । तर अव हामि यतिले मात्रै उम्कन सक्ने अवस्थामा छैनौ भन्ने कुरा वुझनु पनि जरुरी छ ।

अहिले विश्वनै कोरोना महामारीका कारण इतिहासको सवैभन्दा कमजोर अवस्था वाट गुज्रिरहेको छ । नेपालका अर्थविद एवं सरकारी अधिकारीहरुले यस महामारिका कारण अर्थतन्त्रका चार क्षेत्र विप्रेषण आय तथा बैदेशिक रोजगारी, पर्यटन, साना तथा मझौला औधोगिक व्यवसाय, व्यापार तथा बित्तिय क्षेत्र, वस्तु उत्पादन गर्ने र आम्दानी सिर्जना गर्ने क्षेत्रमा सबै भन्दा वढि असर पर्ने उल्लेख गरेका छन ।यो अवस्था वाट अछुतो रहन सक्ने अवस्था हामि संग पनि छैन । यो विकराल अवस्था वाट पार पाउनु विश्व मानव समुदायको लागि ठुलै चुनौती वनेको छ । पछिल्लो समय फलेवास नगरपालिकाले जुन रणनितीका साथ वाझो जमिनको प्रयोग वारे कार्यक्रम सञ्चालन गर्ने जमर्को गरेको छ यसको हुवहु कार्यान्वयन हुुनु जरुरी छ । नगरपालिका भित्र वा देश वाहिर पसिना वगाइरहेका युवाहरुको चाहाना पनि यहि हो । जिवन रक्षा नै अहिलेको सवैभन्दा चुनौतिको विषय हो । जीवन रक्षाको मेरुदण्ड नै अर्थतन्त्र हो । आर्थिक, सामाजिक अवस्था, उत्पादन, वजार लगायतका कुरा जीवन रक्षा संग जोडिन्छन । मान्छे हातमा काम, गोजीमा दाम र समाजमा नामकै लागि अहोरात्र खटिने गर्छ ।
त्यसैले अव नगरपालिकाले कृषि, पशुपालन र वन क्षेत्रको पुर्ण सदुपयोग गर्नुपर्छ । नगरपालिकाले सवै टोलमा यांत्रिक हलो पुर्याउने, एक वस्ती एक उत्पादन संगै वाझो जमिन खेति गरे प्रोत्साहान स्वरुप अनुदान दिने कार्यक्रम अगााडि सारेको छ । यसले हालको यो विकराल अवस्था टार्न ठुलै मद्वत गर्ने छ । स्रोत साधनको वितरण वैज्ञानिक र आवश्यकतामा आधारित रहेर गरिनु पर्दछ । यसो गर्दा वास्तविक किसानले सो सुविधा प्रयोग गर्न पाउनेछन । धेरै युवाहरु स्वदेश फर्कदै छन त्यसैले उनिहरु संग भएको सिप जोस र जांगरलाई प्रयोग गर्न सहुलियत मल, विउ र सिचांइको व्यवस्था नगरपालिकाले गरेको छ ।
किसानले दुध विक्री नभएर सडकमा पोख्ने, तरकारी विक्री नभएर बारिमै जोतिने, उत्पादन भएर वजार व्यवस्थापन भए पनि उचित मुल्य नपाउने लगायतका घटनाले कृषि पेश अंगाल्न चाहानेहरुमा निराशा पैदा भएको छ । तर अव तपांइको उत्पादन हामिले किन्छौ भनेर नगरपालिका ले ग्यारेण्टि गर्नुपर्छ । यसो गर्दा नगरपालिका भित्र रहेकोे खेतियोग्य जमिनको सदुपयोग भइ प्रशस्त रोजगारीका अवसरहरु सिर्जना हुन सक्छन । अर्गानिक खेति प्रणालि अवलम्वन गरौं यसले एकातिर हाम्रो वातारवरण प्रदुषणरहित हुनेछ भने अर्कोतिर रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्वि हुनेछ ।
स्थानिय आवश्यकताको पहिचान गरी नगरपालिका भित्र वसोवास गर्ने सिमान्तकृत, दलित, महिला, गरीव र पछाडिपारीएका सवै वर्गहरुको आर्थिक सामाजिक र राजनैतिक विकासमा समेत प्रत्यक्ष प्रभाव पर्ने गरी कार्यक्रम हरु सञ्चालन गरिनु पर्दछ । भौतिक निर्माण मात्रै समृद्विको आधार हुन सक्दैन । चेतनाको अभिवृद्वि, उत्पादन, रोजगारी, राज्य प्रति नागरीकको दायित्ववोध लगायत विकास निर्माणमा जनताले अपनत्व ग्रहण गर्ने गरी कार्यक्रमहरु सञ्चालन गरीनु पर्दछ ।

                            फलेवास नगरपालिकाले अब,
सक्षम र जिम्मेवार कर्मचारीतन्त्र को विकास गरी नतिजामुखि प्रशासनमा जोड दिनुपर्ने, विकेन्द्रिकरणलाई वढावा दिनुपर्ने, नगरपालिका भित्र रहेका निकायलाई थप प्रभावकारी वनाउनुपर्ने, सुशासन कायम गर्नुपर्ने, संस्थागत संरचनाहरु सुव्यवस्थित गर्नुपर्ने, स्थानिय विज्ञताको अधिकतम प्रयोग गर्दै योजना चक्र अर्थात योजनाको पहिचान, तर्जुमा, कार्यान्वयन, सुपरिवेक्षण, अनुगमन तथा मुल्याङ्कन लाई थप प्रभावकारी वनाउनु पर्ने, स्थानिय स्रोतको संरक्षण संगै अधिकतम प्रयोगमा जोड दिनुपर्ने, विकासमा आम जनतालाई अपनत्व जगाउनु पर्ने, जनताका सामान्य भन्दा सामान्य गुनासाहरुको समेत सम्वोधन गर्नुपर्ने, योजनाहरुको छनौट गर्दा टोलस्तरीय भेला वाट पारित गनुपर्ने आदि । 
मानवीय संवेदना, भावना, विचार, उत्प्रेरणा आदि सवै स्थीर रहदैनन र सवैमा समान पनि हुदैनन अर्थात सामान्य कारणले पनि परिवर्तित हुन्छन । त्यसैले हामि सतप्रतिशत नै खुसि र सन्तुष्टि दिन नसकौला तर पनि हामिले गरेका हरेक क्रियाकलाप वाट अधिकतम जनताको मुहार खुसिले गदगदि भएको हुनुपर्छ ।
अन्तमा, हुनत म कुनै तत्वज्ञानी, दार्शनिक वा  दुधले धोएको शिद्वपुरुष त होइन तर पनि अनुरोध गर्न मन लाग्यो । फलेवास नगरपालिका भित्र वसोवास गर्ने हामि सवैले नेतृत्व लाई सधै टेढो आंखाले मात्रै हेर्ने अनि म गर्थिय तर यहां केहि छैन भन्दै हिडने प्रवृतिको अन्त्य गर्दै सकारात्मक र भविश्यप्रति आशावादी रहन सिक्नु पर्दछ । अब पाखापखेरामा खेति गरौं र बिदेशिने पैसा जागाऔं । रेमिट्यान्समा आउने कमिलाई हामिले यसरी पुर्ति गर्न सक्छौं ।  हामिले हामि साधारण खर्च धान्न समेत धौ धौ भैराखेको स्थिती वाट गुज्रिरहेको विकासोन्मुख मुलुकका नागरीक हौं भन्ने कुरा विर्सिनु हुदैन । यस्ता मुलुकहरुमा विकास खर्च जुटाउने समस्या सधै विद्यमान रहन्छ । यसैले उपलव्ध सिमित स्रोत र साधनको उचित व्यवस्थापन गरी पारदर्शी र प्रभावकारी ढ¨ले प्रयोग गर्नुपर्दछ यसका लागि नेतृत्वलाई झस्काइ रहनु हाम्रो पनि दायित्व हो ।
धन्यवाद ।    
   महाशिला गा.पा. वार्ड नं ०१.                                                      पर्वत

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’